खाद्य संकटसँग लड्न अमेरिकी सरकारले २ अर्ब अनुदान दिने

33
biddhut

 काठमाडौं ।  विश्वव्यापी खाद्य संकट समाधान गर्ने अमेरिकी सरकारकाे कार्यक्रम अन्तर्गत अमेरिकालेनेपाललाई करिब २ अर्ब अनुदान दिने भएकाे छ । सोमबार एक विज्ञप्ति जारी गदै नेपालस्थित अमेरिकी दूतावासले  खाद्य संकट समाधान गर्न १ करोड ५० लाख डलर (करिब १ अर्ब ९० करोड रुपैयाँ) अनुदान दिने जानकारी दिएको हो ।विश्वव्यापी खाद्य संकट समाधान गर्न अमेरिकी सरकारले २ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता घोषणा गरेको थियो । सोही सहायताको अंश नेपालले समेत प्राप्त गर्ने दूतावासको भनाइ छ ।

dengu 3 1

अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी)मार्फत नेपालले यो अनुदान पाउने भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मनीमा भएको जी७ नेताहरुको सम्मेलनका दौरान सहायता घोषणा गरेका थिए ।

दूतावासका अनुसार कोषले उच्च मूल्यवृद्धि र खाद्यान्न अभावबाट प्रभावित मानिसलाई खाद्यान्न उपलब्ध गराउन भूमिका खेल्नेछ । स-साना कृषि उद्यमलाई सहयोग गर्नेदेखि खाद्य सहायताको खाँचोमा परेका परिवारलाई सहयोग गर्ने समेत दूतावासले जनाएको छ

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.