कपिलवस्तु निर्माण व्यवसायी संघको अध्यक्षमा सरोज अर्यालकाे उम्मेदवारी घोषणा

75

 कपिलवस्तु निर्माण व्यवसायी संघको अध्यक्षमा  सरोज अर्यालले उम्मेदवारी दिने घोषणा गरेका छन् । भदौ १७ गते हुन गईरहेको कपिलबस्तु निर्माण व्यवसायी संघको  ७ औ अधिबेशनमा सराेज अर्यालले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन । संघका महासचिव समेत रहेका अर्याल सहयोगी र मिलनसारसँगै अब्बल निर्माण व्यवसायीको परिचय बनाएका व्यक्तित्व हुन् ।विगत १२ वर्ष देखि संघको सदस्य हुदै महासचिवको जिम्मेदारी समहल्दै आउनु भएको छ । उनी संघमा निर्वाचित भएमा निर्माण कम्पनी र संघको बृहत्तर हित हुने निर्माण व्यवसायीहरु बताउँछन् ।

अध्यक्षमा आफू निर्वाचित भएमा निर्माण व्यवसायीका हीतमा कार्य गर्ने र कुनैपनि निर्माण व्यवसायीहरुलाई धरासायी हुनबाट बचाउने बताए । उनले भने, ‘विगतमा पनि मैले काम गरेको अनुभव छ, निर्माण व्यवसायीको बृहत्तर हितमा काम गर्ने बताए ।सहयोगी भावना भएका अर्याल अप्ठेरोमा परेका व्यक्ति तथा संस्थालाई आर्थिक तथा नैतिक जस्तोसुकै सहयोग गर्न पछि नहट्ने व्यक्तित्व हुन् । कोरोनाको समयमा निर्माण व्यवसायीलाई कुनै किसिमका दुःख नहसो भनेर सहयोग पनि गरेको बताए ।अर्याललाई लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका पूर्व महासचिव तथा पुर्व अध्यक्ष दिनेश हमाल, पुर्व अध्यक्ष रविन्द्रनाथ ठाकुर, बर्तमान अध्यक्ष गुन्जन कुमार गुप्ता र पुर्व महासचिव कृष्ण सापकोटा लगायत ठूला निर्माण व्यवसायीको सहयोग रहेको छ ।अर्याल संगै पुर्व अध्यक्ष चन्द्र शेखर श्रेष्ठ र निर्माण व्यवसायी बलराम तिवारीको पनि उम्मेदवारी रहने बताइएको छ ।

 

Leave A Reply

Your email address will not be published.