कपिलवस्तु । मावि तहमा बढाइएको शूल्क तत्काल फिर्ता लिन माग गर्दै कपिलवस्तुका ६ क्रियाशिल विद्यार्थी संगठनले बाणगंगा नगरपालिकालाईअल्टिमेटम सहितकाे ज्ञापनपत्र बुझाएका छन् । बाणगंगा नगरपालिका भित्र कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयहरुले कक्षा ११ र कक्षा १२ को मासिक शूल्कमा ३ सयले वृद्धि गरेका छन् भने भर्ना शूल्कमा पनि १ हजार बढी शूल्क बढाएका छन् ।उक्त कदमको विरोधमा उत्रिएका विद्यार्थी संगठनहरुले माध्यमिक तहको पढाई निशूल्क हुने व्यवस्था संविधानमा उल्लेख भए अनुसार बाणगंगामा पनि कार्यान्वयन गर्न माग गर्दै नगर प्रमुख चक्रपाणी अर्याललाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियूका जिल्ला सचिव कमल बेल्वासेले जानकारी दिए ।
विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्रमा माविमा बढाइएको शूल्क तत्काल फिर्ता लिए ४ दिने भित्र वार्ता र संवाद मार्फत निकास खोल्नुपर्नेमा जोड दिइएको छ ।आगामी ४ दिन भित्र नगरबाट कुनै रेस्पोन्स नआए थप संघर्षका कार्यक्रम घोषणा हुने अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेलले जनाए ।ज्ञापनपत्रमा अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेल, नेविसंघका प्रतिनिधि अच्युत अर्याल, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष हरिशचन्द्र खनाल, अनेरास्ववियूका अध्यक्ष दिपक अनुरागी, अखिल (क्रान्तिकारी)का संयोजक सपना खनाल र अखिल (क्रान्तिकारी)का संयोजक लक्ष्मी खनालको हस्ताक्षर रहेको छ ।
यस्तो छ विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र
नेपालको परिवर्तनशील राजनीति आन्दोलनमा विद्यार्थी संगठनहरुले खेलेको भूमिका अतुलनिय छ । राजनीति परिवर्तनसंगै शिक्षा क्षेत्रमा देखिएका आम समस्या, जनजीविकाका सवाललाई इतिहासका विभिन्न कालखण्डमा संयुक्त विद्यार्थी संगठनले गरेको संयुक्त आन्दोलन सबैमा जगजायरै छ ।
यसैबीच हालै मात्र कपिलवस्तु बाणगंगा नगरपालिका भित्र रहेका कक्षा १२ सम्म सञ्चालन हुँदै आएका माध्यमिक विद्यालयहरुले कक्षा ११ र कक्षा १२ को मासिक शूल्कमा ३ सय र भर्नामा समेत शूल्क वृद्धि गरेर विद्यार्थीहरुको ढाड सक्ने काम गरेका छन् । संविधानले कक्षा १२ सम्मको शिक्षालाई निशूल्क शिक्षाको व्यवस्था गरेको र कक्षा १२ सम्मको शिक्षा हेर्ने दायित्व स्थानीय तहलाई भएको सन्दर्भमा यसरी मनलाग्दी शूल्क वृद्धि गर्ने कार्यको घोर भत्सर्ना गर्दै तुरुन्त शूल्क वृद्धि खारेजीको माग गर्दछौं ।
शूल्क वृद्धिबारे नगरका विद्यालयका प्रअ संग संयुक्त विद्यार्थी संगठनहरुको वार्ता बसेको छ । त्यहाँ सामुदायिक विद्यालयका विविध समस्याका पाटाहरुमा छलफल भएको थियो । छलफलमा सामुदायिक विद्यालयहरुबाट शूल्क वृद्धि अनिवार्य जस्तो भएको तर्क आएको छ । हामीले यसलाई पूर्ण खारेजीको माग ग¥यौं । यद्यपि मावि तहको शिक्षा निशूल्क गर्ने दायित्व स्थानीय तहको भएकाले यो विषयलाई गम्भीरतापूर्वक लिन बाणगंगा नगरपालिकासंग माग गर्न चाहन्छौं । शूल्क वृद्धि कुनैपनि बहानामा मान्य नहुने चेतावनी दिदैं नगरपालिकालाई चार दिन भित्र वार्ता र छलफल मार्फत निकास निकाल्न आग्रह गर्दै यो ज्ञापनपत्र संयुक्त रुपमा पेश गरेका छौं । आगामी चार दिन भित्र कुनै पहल नभए थप चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने यसै विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौं ।