आगामी ५ वर्षमा प्रदेश सरकार रहने/नरहने तय हुने :गगन थापा

42

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने विषय टुङ्गो लाग्ने बताएका छन्। काँग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो बताएका हुन्।प्रदेश सरकार सञ्चालन प्रक्रियामा सफल हुन नसकेको उनले बताए। प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको उनको भनाइ छ। संघीय सरकारले प्रदेश किन बनाएको र केकालागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको बताए।

dengu 3 1

महामन्त्री थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गरे। उनले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनपछि बनेको सरकारले पनि प्रदेश सरकारको औचित्य काम र परिणामबाट स्थापित गर्न नसके प्रदेश नबच्ने बताए। उनले बाँकी पाँच वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकोले काम गर्न नसके प्रदेश सरकार रहन नसक्ने दाबी गरे।‘हाम्रो संघीय व्यवस्थामा नै प्रदेशले जुन शक्ति आर्जन गर्नुपर्ने हो, जुन हैसियत आर्जन गर्नुपर्ने हो त्यो आर्जन गर्न सकिरहेको छैन। संघीय व्यवस्था बनाउँदै गर्दा हाम्रो स्पष्ट दृष्टिकोण थियो,’ उनले भने, ‘किन तीन तहको सरकार बनायौं भन्ने। सफलता प्राप्तिका लागि बनायौं। तर प्रदेश सरकार सञ्चालनको प्रक्रियामा हामी सफल हुन सकेनौं। यसलाई हामीले स्वीकार गर्नुपर्छ।’

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.