कपिलवस्तुकाे वाणगंगामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

38

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. २ गोबडिहवामा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा  दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी  मृत्यु हुनेमा  वाणगंगा नगरपालिका वडा नं. २ गोबडिहवाका  स्थानिय माेटरसाइकल चालक  २५ वर्षिय रमेश बि.क र सोही मोटरसाइकलमा सवार २७ वर्षिय गोपाल बि.क रहेका छन् ।

बुधबार लखनचोक सडकखण्डमा उनीहरु सवार लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाईते भएका थिए । घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.