एक वर्षमा ५० अर्ब घाटा भएकाे आयल निगमको दावी

95

काठमाडौं । गत आर्थिक वर्षमा अहिलेसम्मकै ठूलो घाटा व्यहोर्नु परेको नेपाल आयल निगमले दाबी गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आर्थिक वर्ष २०७८/७९ मा निगमले ५० अर्ब रुपैयाँ घाटा व्यहोरेको दावी गरे ।‘निगमको अन्तिम लेखा परीक्षण गर्न बाँकी रहे पनि गत वर्षको घाटा मोटामोटी ५० अर्ब रुपैयाँ पुगेको छ,’ थानीले भने, ‘जसमध्ये १७ अर्ब रुपैयाँ हामीले विभिन्न स्रोत र मौज्दातबाट मिलान गर्‍यौं । बाँकी त बक्यौता र बैंक ऋण नै छ ।’

आव २०७८/७९ मा नेपालले ३ खर्ब १० अर्बको पेट्रोलियम कारोबार गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । आव २०७७/७८ मा निगमले १ खर्ब ५८ अर्बको पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।आव २०७७/७८ मा निगमले ४ अर्ब घाटा व्यहोरेको थियो । त्यस अघि निगम १३ अर्ब रुपैयाँ नाफामा थियो ।

Leave A Reply

Your email address will not be published.