बाणगंगामा डेंगु रोगका ४६ जना संक्रमित फेला

93

कपिलवस्तुको बाणगंगा नगरपालिकामा डेंगु रोगका संक्रमित भेटिन थालेका छन् । साउन लागे यता ४६ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको बाणगंगाको स्वास्थ्य शाखाले जनाएको छ ।नगरका विभिन्न स्थानमा गरी भेटिएका ४६ जना डेंगु रोगका संक्रमित मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको छ । अरु संक्रमितहरुको नगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरभित्र डेंंगुका विरामी बढेपछि मंगलबार नगरका विभिन्न स्थानको निरिक्षण गरेको बताए

नगरका चारनम्बर, पिपरा, बोडगाउँ, बनगाई लगायतका बजार क्षेत्रको अनुगमन गरिएको उनले जनाए । डेंगु रोगी एकाएक बढे पछि सरसफाई अभियानलाई तीव्र पार्ने गरी नगरले तयारी थालेको छ ।मंगलबार नगरका सबै सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई बोलाएर बाणगंगाले यस विषयमा सक्रियतापूर्वक काममा लाग्न निर्देशन दिएको छ ।डेंगु रोगको संक्रमण अझ नफैलियोस भन्नका लागि नगरले विभिन्न सूचनामूलक जानकारीहरु प्रदान गरी यसको नियन्त्रणमा सबै क्षेत्रलाई जुट्न आग्रह गरेको छ ।

नगरले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान सञ्चालन गर्ने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्नेमा स्वास्थ्य शाखाले जोड दिएको छ ।पछिल्लो समय छिमेकी जिल्ला रुपन्देहीमा पनि डेंगुको संक्रमण बढ्दै गएक ।

स्राेत: मायादेवी अनलाइन

Leave A Reply

Your email address will not be published.