अर्घाखाँचीबाट प्रतिनिधिसभामा कांग्रेसका विष्णु मुस्कानकाे बलियो दाबेदारी

55

अर्घाखाँची। कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णप्रसाद खनाल (मुस्कान) अर्घाखाँची प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि बलियो दाबेदारी नेता हुन । कांग्रेसको १३ औं महाधिवेशनमा सर्वसम्वत जिल्ला सभापति निर्वाचित भएपछि पाटी संगठन निर्माण, पाटी प्रवेश, क्रियाशिल सदस्यताको लिष्ट केन्द्रमा बुझाउने अर्घाखाँची पहिलो जिल्ला सहित उत्कृष्ट काम गरेका थिए ।अघिल्लो स्थानीय तहको चुनावमा जिल्लाका ६ स्थानीय मध्ये ४ तहमा कांग्रेस–माओवादी चुनावी तालमेल भएको थियो । त्यसमा ३ तहमा गठबन्धन सहित कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए । छत्रदेव र पाणिनिमा कांग्रेस एक्लै लडेर जितेको थियो । ६ स्थानीय तहका १२ पद मध्येमा ६ पदमा कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए । दोस्रो पटक भएको स्थानीय तहको चुनावमा कांग्रेसले दुई पदमा मात्रै जितेको छ । अघिल्लो स्थानीय तहको चुनाव जिताउन उल्लेख्य भुमिका खेलेका मुस्कानले पाटी संगठनलाई मजबुद पारेका छन् । ।

dengu 3 1

आम कांग्रेस कार्यकर्ताबीच लोकप्रिय मुस्कानलाई बहुसंख्यक कार्यकर्ता सहित ५ दलीय गठबन्धनका नेता तथा कार्यकर्ताले संघीय सांसदको चुनाव लड्न दवाव दिएका छन् । कांग्रेसले मुस्कानलाई उम्मेदवार बनाए भारी मतले विजयी हुने कार्यकर्ताको भनाई छ । पाटी सभापति भएपछि देशभर मध्ये अर्घाखाँची कांग्रेसको काम गराइमा उत्कृष्ट सभापतिको रुपमा मुस्कान गनिएका थिए ।‘पाटीले टिकट दिएमा म संघीय चुनाव लड्ने तयारीमा छु,’ मुस्कानले भने, ‘भारी मतले चुनाव जित्छु । मेरो बलियो दाबेदारी रहन्छ ।’ यसपाली माओवादी, राजमो, नेकपा एस, जसपाको मतले कांग्रेस उम्मेदवारले चुनाव जित्ने सुनौले अवसर आएको छ । सबै कांग्रेस नेता एकढिक्का भएर लगातार तिन पटक माओवादीबाट चुनाव जितेर उपप्रधानमन्त्रीसम्म भएका एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई हराउनुपर्ने दवाब कार्यकर्ताले नेतृत्वलाई दिएका छन् ।मुस्कानको जनस्तरसम्म प्रभाव राम्रो भएको र एमालेका मत समेत पाउन सक्ने भएकाले प्रतिनिधिसभाको उम्मेदवार खनाललाई नै बनाउनुपर्ने बहुसंख्यक कार्यकर्ताको सुझाव नेतृत्वलाई रहेको छ ।

स्राेत अर्घाखाँची डटकम

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.