बिमा विधेयक–२०७९ पारित, एक वर्ष भित्र राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा रुपान्तरण हुने

78

आइतबारको संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक–२०७९बहुमतले पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन(२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक–२०७९ पारित भएसँगै अब राष्ट्रिय बीमा संस्थान पनि बीमा ऐनअनुसार सञ्चालन हुनेछ । विधेयक पारित भएसँगै विधेयकमा भएको व्यवस्था अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्रमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुनुपर्नेछ ।

हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये सबै कम्पनी बीमा एने–२०४९ अनुसार सञ्चालन भए पनि राष्ट्रिय बीमा संस्थान भने राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ अनुसार सञ्चालनमा रहेको थियो । पारित भएको बीमा विधेयकसँगै प्रमाणीकरण भएर कार्यान्वयनमा बीमा ऐन–२०४९ र राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ खारेज हुनेछ ।

Leave A Reply

Your email address will not be published.