धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको महानगरका सडकछेउमा थुप्रिएको फोहोर हटाउन आफूले श्रमदान गर्ने भन्दै व्यंग गरेका छन्।उपमहानगरको कामले आइतबार बिहान काठमाडौं आइपुगेका साम्पाङले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्- काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो। प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो!प्रधानमन्त्री, मन्त्रीदेखि ठूल्ठूला नेताहरू बस्ने, बालेन शाहजस्तो लोकप्रिय मेयर भएको देशको राजधानीको यस्तो हालत कसरी भएको होला भन्ने आफूलाई लागेको बताए।

‘के-के भएको हो, किन अड्किएको हो त्यसको समाधान खोज्नुपर्‍यो,’ साम्पाङले भने,‘हामी त यस्तै हुन्छ भनेर बुझौंला रे। विदेशी पर्यटकले के सोच्लान्। हरिबिजोग रैछ!’फेसबुकमा अहिले व्यंग्य गरेको भए पनि मेयर शाहले अनुरोध गरे साँच्चै श्रमदान गर्न पनि आफू तयार रहेको उनले बताए।‘म दुई-तीन काठमाडौंमै बस्छु। मेयर बालेन शाहले भन्नुभयो भने श्रमदान गर्न पनि तयार छु,’ साम्पाङले भने।धरानमा खानेपानीको अभाव पूर्ति गर्न साम्पाङले अहिले श्रमदान अभियान चलाइरहेका छन्। उनी आफू पनि श्रमदान गर्न जान्छन्।

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *