नेपाल समाजवादी पार्टीका नेताहरु माओवादीकाे चुनाव चिह्नमा निर्वाचन लड्न तयार

60

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् ।दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय  डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ ।

नेसपाका अध्यक्ष यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका छन् । यसबारे आ–आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको भन्दै यादवले भने, ‘उहाँहरुको चुनाव चिह्न पुरानो छ, हाम्रो नयाँ छ, त्यसैले उहाँहरु (माओवादी) कै चुनाव चिह्नमा जाने सम्भावना छ ।’माओवादी नेताहरुका अनुसार नेसपाका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । नेसपाका अध्यक्ष यादव भन्छन्, जोजो जितेको छ, त्यो त पाउने नै भयो । यसबारे हाम्रो उपस्थिति हेरेर प्रतिनिधिसभा र प्रदेशमा कति गर्न सकिन्छ हेर्ने हुन्छ होला ।’

b 4
Leave A Reply

Your email address will not be published.