काठमाडौं । काठमाडौं महानगरपालिकाले ठुलो संख्यामा ईन्जिनियर, डाक्टर र नर्स राख्ने तयारी गरेको छ ।महानगरले ३२ जना ईन्जिनियर, २५ जना डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको एक कार्यपालिका सदस्यले जनाएका छन् ।
आज भएको कार्यपालिका बैठकमा उक्त एजेण्डा पास गराउने मेयर बालेनको तयारी रहेता पनि फोहोरको एजेण्डामा मात्रै छलफल गर्ने भन्दै कार्यपालिका सदस्यहरुले आवाज उठाएपछि करारमा कर्मचारी राख्ने ऐजेण्डा रोकिएको हो ।आजको कार्यपालिकामा १३ वटा एजेण्डामध्ये फोहोर व्यवस्थापनको ऐजेण्डा मात्रै छलफल भएको हो ।