[the_ad id=”18748″]काठमाण्डाै । पछिल्लो २४ घण्टामा सात ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार नाै सय २६ जनाको नमुना परीक्षण गर्दा सात सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा तीन सय २४ जना सङ्क्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको ज्यान गएको छ । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या पाँच हजार ६ सय दुई छ ।
२४ घण्टामा ४७ हजार तीन सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।[the_ad id=”18763″]