काठमाडौं । पछिल्लो समयमा ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच बढ्दै गएको तनावले विश्वमा हलचल मञ्चाएको छ । केही राष्ट्र अमेरिककाको पक्षमा उभिएका छन् भने केही राष्ट्र चीनको पक्षमा खुलेरै लागेको पाइएको छ । यसैबीच, चीनले ताईवानलाई चारैतर्फबाट घेरा हालेर अन्तिम आक्रमण गर्ने तयारी गरेकै अबैधमा नेपालका कम्युनिष्ट पार्टीहरु भने ‘एक चीन नीति’ को पक्षमा सबै उभिनुपर्ने भन्दै अभिव्यक्ती दिएका छन् ।अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको राजधानी ताइपेई भ्रमण गर्नुलाई कम्युनिष्ट नेताहरुले एक चीन नीतिको विरुद्धमा अमेरिका उभिएको रुपमा अथ्र्याएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले उत्पिडित राष्ट्रको पक्षपोषण गर्ने राष्ट्रको रुपमा उदाएको चीनविरुद्ध अमेरिकालगायतका साम्राज्यवादी शक्तिहरु सलबलाएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले नै स्वीकार गरेको एक चीन नीतिविरुद्ध अमेरिका सक्रिय भएको कट्टेलको आरोपलगाएका छन् । विगतमा पेलोसीले चीनलाई उक्साउने गतिविधि गर्दै आएको नेकपा मालेका स्थायी कमिटी सदस्य तथा प्रवक्ता कुमार बेलवासेले बताएका छन् । बेलवासेले अमेरिकाले साम्राज्यवादी गतिविधि गरेको भन्दै यस्तो प्रवृत्तिले भविष्यमा नेपाल पनि समस्यामा पर्नसक्ने औँल्याएका छन् ।नेकपा क्रान्तिकारी माओवादीका नेता इन्द्र रावतले अमेरिका र चीनबीचको तनाबले विश्वमा नै अशान्त हुन सक्ने बताए । चीनमा अशान्ती भयो भने त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेतर्फ रावतले बताए । नेकपा मालेका विदेश विभाग सचिव सुरेन्द्र ढकालले अमेरिकाले विश्व शान्तिलाई खलल पारिरहेको बताए ।

युद्धको वातावरण सृजना गर्ने हतियारको व्यापार गर्ने अमेरिकाको उद्धेश्य रहेको ढकालले जनाए । नेपाल वादका अध्यक्ष किरण शर्माले ताइवान चीनको अभिन्न अंग हो भनेर विश्वले मानिसकेको अवस्थामा अमेरिकाले अनावश्यक द्धन्द्ध सृजना गर्न खोजेको बताए । नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनविरोधी गतिविधि गर्न विभिन्न तहबाट हमला गरिरहेको आरोप लगाए ।अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ की सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने कार्यक्रम घोषणा भएदेखि नै चीन रुष्ट थियो । चीनले भ्रमण नगर्न चेतावनी पनि दिएको थियो । तर पेलोसीले भ्रमण गरिन् । त्यसको नेपालका कम्युनिष्ट पार्टीहरुले पनि विरोध गरेका हुन् ।

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *