माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) कपिलबस्तुले शुल्क बृद्धिको विरोध गर्दै सामुदायीक क्याम्पस सँघलाई बुझायो ध्यानाकर्षण पत्र ।

43
biddhut

[the_ad id=”18762″]कपिलवस्तु  ।   नेपाल कम्युनिष्ट पार्टी( माओबादी केन्द्र) निकट अखिल (क्रान्तिकारी ) कपिलबस्तुले सामुदायीक क्याम्पस सँघका अध्यक्ष डा.विनय पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) कपिलबस्तुका अध्यक्ष एवम सँगठनका केन्द्रिय सदस्य समेत रहेका हरिश चन्द्र खनाल सहित सँगठनका जिम्मेबार पदाधिकारीहरुको उपस्थितिमा ध्यानाकर्षण गराईएको कुरा सँगठनका अध्यक्षले बताएका छन ।

dengu 3 1

उक्त सँगठन अखिल(क्रान्तिकारी) हजारौँ विद्यार्थीहरुको त्याग,तपस्या र बलिदानीको जगबाट स्थापित सँगठन स्थापना कालदेखी नै राज्यमा हुने अनियमितता,भ्रष्टाचार,शैक्षिक क्षेत्रमा देखा पर्ने विकृति ,विसँगति जस्ता सामाजिक विकृतिहरु विरुद्ध निरन्तर सँघर्ष गर्दै आईरहेको सर्वविदितै रहेको छ । हाम्रो सँगठन मुलतःशैक्षिक तथा सामाजिक विकृति विरुद्ध शसक्त रुपमा सक्रिय हुँदै सम्पूर्ण न्याए प्रेमी, सचेत युवावर्ग एवम समस्त जनसमुदाय तथा विद्यार्थीहरुसँग हातेमालो गर्दै आईरहेको जनाएको छ ।[the_ad id=”22287″]

मिति २०७९ श्रावण १४ गते बसेको त्यस सँघको निर्णय अनुसार सामुदायीक क्याम्पसमा कायम रहेको मासिक शुल्क रु ९७५(अक्षरेपी नौ सय पचहत्तर )बाट रु १५००(अक्षरेपी एक हजार पाँच सय ) गरी मासिक रुपमा रु ५२५ (अक्षरेपी पाँच सय पच्चीस ) शुल्क बृद्धि गरिएको प्रति हाम्रो सँगठनको गम्भिर ध्यानाकर्षण भएको । बताएको छ । अतः यसरी एकलौटी ढँगबाट गरिएको शुल्क बृद्धि स्वीकार्य नहुने हुँदा यथासीघ्र खारेज गर्न अपिल गरेको छ । साथै एक हप्ता भित्र शुल्क बृद्धि खारेज नगरिएको खण्डमा सँगठन कडा सँघर्षमा उत्रने चेतावनी दिएको छ ।[the_ad id=”18764″]

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.