माओवादी केन्द्रको स्थायी समिति बैठकमा जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने,नफर्कनेबारेमा निर्णय गर्ने 

68

[the_ad id=”18761″]काठमाण्डाै ।  माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । आजको बैठकबाट पार्टी पदाधिकारीका बारेमा टुङ्गो लगाउने तयारी रहेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।आजको बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने या नफर्कनेबारेमा पनि आवश्यक निर्णय गर्ने तयारी छ । संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा भइरहेको छ ।

छानबिन समितिको प्रतिवेदनले शर्मालाई निर्दोष साबित गरेको व्याख्या गर्दै उहाँ नै फेरि अर्थ मन्त्रालय फर्किने सम्भावनाबारे चर्चा हुन थालेको हो । उहाँ अर्थमा फेरि फर्कने या नफर्कने निर्णय शर्मामाथि नै निर्भर हुने माओवादी नेताहरुको भनाइ छ । तर समितिले पूर्ण रुपमा छानबिन नगरि प्रतिवेदन बुझाएको र आशङ्का गर्ने ठाउँ कायमै रहेकाले शर्मा फेरि मन्त्रालय फर्कनु नैतिक रुपमा उचित नहुने तर्क गर्नेहरु पनि छन् ।प्रमुख प्रतिपक्ष एमालेले पूर्व अर्थमन्त्री शर्माले सफाइ पाएको रुपमा बुझ्न नमिल्ने टिप्पणी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय विशेष समितिले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याएकाले प्रतिवेदन मान्न नरहेको समेत बताउनुभएको छ ।[the_ad id=”22287″]

पूर्व अर्थमन्त्री शर्मामाथि कर निर्धारणको प्रक्रियामा विश्वसनीयता, गोपनीयता, स्वच्छता र निष्पक्षतामाथि समेत प्रश्न खडा हुँदा तथ्यलाई संरक्षण गरेर स्पष्ट पार्ने काम मन्त्रालयबाट नभएको एमालेको भनाइ छ ।जेठ १४ गतेको सीसीटीभी फुटेज सुरक्षित राख्ने सम्भावना हुँदाहुँदै पनि प्रक्रियालाई बेवास्ता गरेर प्रमाण सङ्कलनमा बाधा सिर्जना गरेको एमालेले भनेको छ । यस्तै कल डिटेल तथा मोबाइलको लोकेसनको खोजीका विषयमा कार्यविधि भए पनि सत्तापक्षका सांसदले त्यसमा अहमति जनाउँदा तथ्यमा पुग्ने बाटो नै बन्द भएको एमालेले दाबी छ । [the_ad id=”18748″]

Leave A Reply

Your email address will not be published.