दाङमा भाइरल ज्वरोका बिरामी बढ्दा विद्यालयको पठनपाठन प्रभावित

78

[the_ad id=”18761″]दाङ । पछिल्लाे समय दाङमा भाइरल ज्वरोका बिरामीकाे सङख्या ह्वात्तै बढेकाे छ । माैसम परिवर्तनले  आएकाे भाइरल  ज्वरोका कारण विद्यालयहरूकाे पठनपाठन समेत प्रभावित पारेकाे छ । घोराहीभित्रका निजी विद्यालयहरू मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि बन्द गरिएकाे छ ।  तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबाट प्रभावित बन्न थालेका छन् ।दैनिक विद्यार्थी भाइरलको सङ्क्रमणले थला पर्ने गरेका छन्”, उनले भने ।[the_ad id=”22287″]

ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेको उनले बताए । तुलसीपुरस्थित ग्रेट अरनिको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरूमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सिपल विष्णुकुमार देवकोटाका अनुसार बिरामीकै कारण दैनिक चार–पाँच विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।तलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेब विष्णु गिरीका अनुसार स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन् ।[the_ad id=”18762″]

b 4
Leave A Reply

Your email address will not be published.