[the_ad id=”22287″]कपिलवस्तु। कपिलवस्तुका सरकारी अस्पतालहरूमा चर्को गर्मिसँगै वर्षा शुरु भएपछि उपचार गराउन आउने विरामीको निकै भीड लागेको छ । माैसम परिवर्तन का कारण ज्वराे ,टाइफाइट,झाडापखाला, जन्डिस, जस्ता समस्या देखीएकाे पाइएकाे छ । उपचार गराउन आउनेमा अधिकांश विरामीहरुमा महिला, बालबालिका, बृद्धबृद्धा रहेका छन् ।
कपिलवस्तु अस्पताल तौलीहवामा गर्मी बढेसंगै बर्षाका कारण ओपिडी, इमरजेन्सीमा गरी १ सय देखी डेढसयको हाराहारीमा विरामी आउने गरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमणको लक्षण पुन देखिएसँगै वर्षापछि आउने मौसमी विरामीले अस्पतालमा विरामीको भिड नै लागेको हो ।
उनीहरुमा झाडापखाला, जन्डिस, ज्बरो, टाईफाईड लगायत रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर किशोर बन्जाडेले जानकारी दिएका छन् । वर्षासँगै मौसमी राेगबाट बच्न चिकित्सकले सर्वसाधारणलाइ बासी सडेगलेको खाना नखान, अत्यधिक पानी पिउन, गर्मिमा सकेसम्म घरबाहिर हिड्डुल नगर्न, पानीमा नभिज्न सुझाव समेत दिएका छन् ।[the_ad id=”18762″]