वन संवर्द्धन व्यवस्थापन बारे संचारकर्मी संग अन्तरकृया सम्पन्न

76

[the_ad_placement id=”manual-placement”]कपिलवस्तु । डिभिजन वन कार्यालय कपिलवस्तुको आयोजनामा गोरुसिंङ्गेमा वन संवर्द्धन व्यवस्थापन सहजिकरणका लागि मिडिया अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।डिभिजन वन कार्यालय कपिलवस्तुको आयोजनामा गोरुसिंङ्गेको एक होटलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदिले वन व्यवस्थापनका फरक आयामहरु र दिगो वन व्यवस्थापन के हो ? भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।

विगतमा वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार वन कार्ययोजना तयार गरी कार्यान्वयन हुदैं आएको बताउनु भयो । नमूना मापनको आधारमा वनश्रोत सर्वेक्षण गरी मौज्दात आँकलन गरि वार्षिक स्वीकार्य कटानमा आधारित वन व्यवस्थापन गरिदै आएको उहाँको भनाई छ । २०७१ सालमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि अनुसार वन संवर्द्धन प्रणालिमा आधारित व्यवस्थापन हुंदै आइरहेकोमा हाल कार्यविधि खारेज भएको छ । २०७१ वमोजिम तथा सो अगावै तयार भै कार्यान्वयन भएका सामुदायिक,साझेदारी तथा चक्ला वनको कार्यायोजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको सुवेदिको भनाई छ ।

कार्यक्रममा उहाँले दिगो वन व्यवस्थापनको जानकारी दिदैं भन्नुभयो “वनले प्रदान गर्ने वस्तु (काठ दाउरा जडिबुटी आदि) तथा सेवा (जैविक विविधता कार्वण शोषण, हरियाली, पानी रिचार्ज गर्ने, खाद्य तत्व साइकल गर्ने आदि) को निरन्तरता वा अभिबृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै दिगो वन व्यवस्थापन हो ।” ‘दिगो वन व्यवस्थापन एक अवधारणा हो ।’ यसलाई हासिल गर्न वन विज्ञानका सिद्दान्तको आधारमा बिभिन्न वन संवर्दन तथा व्यवस्थापनका कृयाकलापहरु ब्यवस्थित रुपमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा वन व्यवस्थापन दिगो हुन पालन गर्नुपर्ने कुराहरु, अन्य वन व्यवस्थापनका कृयाकलापहरु, डिभिजन वन कार्यालयको वार्षिक प्रगति समिक्षा, सार्बजनिक सेवा प्रवाह, कार्यालयले गरेका नविनतम तथा उतकृष्ठ कार्यहरु, अन्य मुख्य समस्याहरू, समाधानका उपायहरू प्रस्तुत गर्दै पत्रकार हरुसंग सुझाव मागिएको थियो ।

कार्यक्रममा पत्रकार खग चापागाई र मोहन वेल्वासेले सुझाव तथा प्रतिक्रिया राख्नु भएको थियो । पत्रकारका सुझाव तथा प्रतिक्रिया माथि डिभिजन वन अधिकृत सुवेदिले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा वैज्ञानिक वन ब्यवस्थापन कमिटी लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापा, पत्रकार महासंघका अध्यक्ष किरनमान बर्जाचार्य लगाएतले भनाई राख्नु भएको थियो । कार्यक्रममा जिल्लामा रहेर वन वातावरणत तथा वन्यजन्तु , सिमसार र वन विकासमा पत्रकारीताको माध्यमबाट योगदान पुर्‍याएको भन्दौ पत्रकार विकास वञ्जाडेलाई नगद रु दश हजार र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै विभिन्न क्रियाकलापमा योगदान गर्ने प्रतिभा सामुदायीक वन, नव प्रभात सामुदायीक वन र खुतखुते सामुदायीक बनलाई नगद रु ७ हजार ५ सय का दरले र सम्मान पत्रले सम्मान गरिएको थियो । जिल्लाका करिब ३५ भन्दा बढि पत्रकारहरु उपस्थित रहेको कार्यक्रमको सञ्चालन डिभिजन साहयक वन अधिकृत खिल बहादुर तामाङले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.