निजी गाडि नियन्त्रणका बारेमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सर्बपक्षिय बैठक

41
[the_ad_placement id=”manual-placement”]अर्घाखाँची । प्रमुख जिल्ला अधिकारिको आयोजनामा सर्बपक्षिय बैठक सम्पन्न भएको छ। जिल्लाका सम्पुर्ण राजनितीक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार महासंघ संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिको बसाइ निकै सौहार्दपुर्ण बाताबरणमा बसेको उक्त बैठकले होटेल ब्यबसायिका तर्फबाट भएको मुल्य वृद्धिलाइ उपभोक्ता र ब्यबसायिको हितलाइ मद्यनजर गर्दै गलत समाचार प्रबाह नहुने गरि पुन: मुल्य समायोजन गर्ने बिषयमा  होटेल ब्यबसायि सहमत भएका छन ।
dengu 3 1
यसैगरी अन्य क्षेत्रमा भएको मुल्य वृद्धिको अनुगमन गर्ने निर्णय गर्दै , ट्याक्सि ब्यबसायिका तर्फबाट यातायात संचालनमा निजि सबारि साधनबाट यातायात क्षेत्रलाइ अस्त्ब्यस्त पारिएको बिषयमा छलफल गरि प्रयोजन बमोजिमका क्षेत्रमा सबारि संचालन गर्ने ट्याक्सि ब्याबसायिले पनि आफ्नो सेबालाइ चुस्त दुरुस्त , बनाउने निजि सबारिमा यात्रा नगर्ने ,चोक चोकमा निजि सबारिले यात्रु उठाएको पाइएमा तुरुन्त प्रशासन र ट्राफिक प्रहरिलाइ खबर गरि कारबाहि गर्ने निर्णय गरेको छ।
 निजि सबारिमा यात्रा गर्दा कानुन उल्लंघन हुने ,यात्रुको दुर्घटना भएको खण्डमा उपचार र मृत्यु जबाफदेहिता नहुने जस्ता कुरालाइ ब्यापक प्रचार प्रसार गर्ने र समाजका लब्ध प्रतिष्ठित ब्यक्ति नै निजि सबारि साधन यात्रा गरेको पाइएकोले यो कानुन  बिपरितको कार्यलाइ नियन्त्रण गर्ने  ट्याक्सि ब्याबसायिले पनि यो क्षेत्रलाई मर्यादित बनाउने बिषयमा ब्यापक छलफल भइ सोहि बमोजिम गर्ने गराउने निर्णय गरेको छ। बैठक जिल्ला प्रशासन कार्यालयमा भएको अर्घाखाँची ट्याक्सी ब्याबसायि समिति प्रालिका कार्यालय सचिब नारायण भुसालले  जानकारि दिनु भएको छ। [the_ad_placement id=”manual-placement”]
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.