[the_ad_placement id=”manual-placement”]रौतहट । सशस्त्र प्रहरी बल रौतहटले १ सय ९२ किलो गाँजा सहित एउटा गाडीनियन्त्रणमा लिएको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. ६ कुडियाबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो ।
कुडियास्थित आँपको बगैंचामा पार्किङ गरी राखिएको भारतीय नम्बर डिएल सिएनबी ६२२९ नम्बरको स्कारपियो गाडीबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो । गाडीमा १३ वटा पोकामा प्रतिपोका १४.८ केजीको दरले १ सय ९२.४ केजी गाँजा फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ ।