विभाजनको संघारमा पुगेर मन्त्री फेरबदलका कारण जोगिएको जनता समाजवादी पार्टी (जसपा)को विवाद मत्थर हुनुको साटो अझ उत्कर्षमा पुगेको छ। उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक वीरगन्जमा गर्दै छन् भने बाबुराम भट्टराई पक्षले काठमाडौंमा गरेर पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको सन्देश दिएको छ।उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ। भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने जसपाका केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए। अधिकारीका अनुसार केहि गैर राजनीतिक चरित्र भएका अराजक व्यक्तिहरुले जसपाको केन्द्रीय समितिको बैठक सम्बन्धमा भ्रमात्मक प्रचार गरिरकेका छन्।
आफ्नो नाममा किर्ते हस्ताक्षर गरी वीरगन्जमा हुने केन्द्रीय समितिको बैठकलाई काठमाडौंमा हुने भनी झुठा, गलत, र भ्रमात्मक प्रचार गरिएको केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका अधिकारीले बताए। उनले भने‘असार २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समितिको विस्तारिक बैठक वैधानिक एवं आधिकारिक बैठक होइन, षड्यन्त्र हो।’ पार्टीको वैधानिक र आधिकारिक केन्द्रीय समितिको बैठक असार २९ र ३० गते वीरगन्जमा हुँदैछ, उनले भने।ट्टराई पक्षले मंगलबारदेखि काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक सुरु गरेको छ। बैठक दुई दिनसम्म चल्ने बताइएको छ। जसपा भट्टराई पक्षका नेता महिन्द्र राय यादवले भने,‘जसपाभित्र आन्तरिक लोकतन्त्र बहाली गराउन खोज्दा आफूहरुलाई नेतृत्वले एक्ल्यायो। हामीलाई जानकारी नै नगराई वीरगन्जमा बैठक डाकिनु अनुचित भएको उनले बताए।
वीरगन्जमा बोलाइएको जसपा केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी हुन जसपा अध्यक्ष उपेन्द्र यादव मंगलबार विहान सिमरा विमानस्थलमा ओर्लिँदा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वनमन्त्री प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले भब्य स्वागत गरेका थिए।अध्यक्ष उपेन्द्र यादवसँग अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु वीरगन्जको बैठकमा सहभागी हुने बताइएको छ। कार्यकारिणी र केन्द्रीय समितिका केहि सदस्य बाहेक सबै जना वीरगन्जको बैठकमा सहभागी हुने यादव पक्षको दावी छ।उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल बैशाख २३ गते एकता भएर ‘समाजवादी पार्टी’ बनेको थियो। नामकरण गरिएको थियो।