स्थानीय निर्वाचनको अनुभवबाट पाठ सिकेर आसन्न प्रदेश र संघीय निर्वाचनमा तालमेल गर्नुपर्ने गठबन्धनकाे निष्कर्ष

72

काठमाडौँ । सत्तारूढ प्रमुख तीन दलले स्थानीय तह निर्वाचनमा आपसमा अविश्वास, धोका र जालझेल भएको निष्कर्ष निकालेका छन् । गत वैशाख ३० मा एकै चरणमा भएको निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले आधाभन्दा बढी ठाउँमा तालमेल गरेका थिए । तीनै दलले आफ्ना औपचारिक प्रतिवेदनमा स्थानीय निर्वाचनमा गठबन्धनभित्र देखिएका स–साना समस्या र धोकाबारे उजागर गरेका छन् ।७ सय ५३ पालिकामध्ये ३ सय २४ वटामा तालमेल गरेकामा गठबन्धन दलले २ सय १८ प्रमुख र १ सय ८७ उपप्रमुख जितेका छन् । स्थानीय निर्वाचनको अनुभवबाट पाठ सिकेर आसन्न प्रदेश र संघीय निर्वाचनमा तालमेल गर्नुपर्ने दलका प्रतिवेदनहरूमा जोड दिइएको छ ।

कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको अनुगमन, मूल्यांकन र सुपरिवेक्षण समितिको प्रतिवेदन, माओवादीको केन्द्रीय समितिबाट पारित अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदन र एकीकृत समाजवादीको केन्द्रीय परिषद्को विस्तारित बैठकबाट पारित अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमा समग्रमा गठबन्धन उपलब्धिमूलक रहे पनि त्यहाँभित्र दर्जनौं समस्या देखिएको उल्लेख छ । अपेक्षाकृत नतिजा नआउनुमा तीन दलले सहयात्री दल र आन्तरिक (उम्मेदवार चयनदेखि अन्तर्घातसमेत) कारण दुवैलाई जिम्मेवार ठहर्‍याएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य पौडेल नेतृत्वको प्रतिवेदनमा गठबन्धनले अपेक्षाकृत नतिजा हासिल गर्न नसक्नुमा दलहरूबीच समन्वय अभाव देखिएको, कसिलो गठबन्धन नभएको, असन्तुष्ट नेता–कार्यकर्तालाई केन्द्रीय नेताले सम्बोधन गर्न नसकेको, प्रचारप्रसार परिणाममुखी नरहेको, गठबन्धन भएका ठाउँमा आफूनिकट व्यक्तिलाई टिकट दिइएको, विकास पूर्वाधार र स्थानीय आवश्यकताबारे साझा अवधारणा नबनेको, केन्द्रीय तहबाट बनाइएको मापदण्ड कडाइका साथ लागू नभएको र कतिपय स्थानीय तहमा फरक निर्णय भएको जस्ता कारणलाई जिम्मेवार मानिएको छ ।

Leave A Reply

Your email address will not be published.