कूल ग्राहस्थ उत्पादनमा लुम्बिनी प्रदेशको योगदान १४.१ प्रतिशत 

68

[the_ad id=”18761″]बुटवल ।  केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७८÷०७९ मा लुम्बिनी प्रदेशको कुल ग्रार्हस्थ उत्पादन(जीडीपी) प्रचलित मूल्यमा ६ खर्ब ८५ अर्ब पुगेको छ । जुन मुलुकको समग्र गार्हस्थ उत्पादनको १४ दशमलब १ प्रतिशत हो ।सर्वेक्षणअनुसार लुम्बिनीको जीडीपीमा कृषि क्षेत्रको योगदान ३० दशमलब १ प्रतिशत रहेको छ । उद्योग क्षेत्रको योगदान १५ दशमलब ४ प्रतिशत र सेवा क्षेत्रको योगदान ५४ दशमलब ५ प्रतिशत रहेको छ ।सर्वेक्षणले लुम्बिनीको जीडीपीमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएको र उद्योग तथा सेवा क्षेत्रको योगदान बढ्दै गएको ठहर गरेको छ ।
केन्द्रीय तथ्याङ्क विभागले जारी गरेको आर्थिक सर्वेक्षण २०७८-०७९ अनुसार मुुलुकको समग्र ठूला उद्योगमध्ये लुम्बिनीमा सात दशमलब ६ प्रतिशत उद्योगहरु रहेका छन् । त्यस्तै लघु, घरेलु तथा साना उद्योगको संख्यामा लुम्बिनी प्रदेशको क्रमशः ७.६ प्रतिशत र १६.९ प्रतिशत हिस्सा रहेको छ ।उद्योगमा सिंगो देशको लगानी २५ खर्ब १२ अर्ब रहेकोमा लुम्बिनीको हिस्सा ६ दशमलब ८ प्रतिशत रहेको सर्वेक्षणले देखाएको हो ।

देशभरमा तेस्रो
आर्थिक वर्ष २०७८-०७९ मा प्रदेशगत आर्थिक अवस्था तुलना गर्दा मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा बागमती प्रदेशले सबैभन्दा धेरै र कर्णाली प्रदेशले सबैभन्दा कम योगदान गरेको देखिएको छ । बागमतीले ३६ दशमलब ९ प्रतिशत योगदान गर्दा र कर्णालीले जम्मा ४ दशमलब १ प्रतिशत मात्रै योगदान गर्न सकेको देखिएको छ । लुम्बिनी प्रदेशको हकमा भने देशको कुल गार्हस्थ उत्पादनमा १४ दशमलब १ प्रतिशत योगदान रहेको छ । जुन बागमती र प्रदेश १ को योगदानभन्दा थोरै हो । प्रदेश १ ले कुल गार्हस्थ उत्पादनमा १५ दशमलब ७ प्रतिशत योगदान गरेको छ ।
कुल गार्हस्थ उत्पादनमा मधेश प्रदेशको हिस्सा १३ दशमलब ३ प्रतिशत रहँदा गण्डकीको ८ दशमलब ९ प्रतिशत रहेको छ । सुदूरपश्चिमको सात प्रतिहत हिस्सा रहेको छ ।
त्यस्तै आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा लुम्बिनीको आर्थिक आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने अनुमान छ ।
जीडीपीको मुख्यपक्षहरु हेर्ने हो भने आर्थिक बर्ष २०७८÷७९ मा मुलुकको समग्र कृषि क्षेत्रको उत्पादनमा प्रदेश नं. १ को हिस्सा सबैभन्दा धेरै रहेको देखिएको छ । सोही प्रतिवेदनतअनुसार उक्त प्रदेशको योगदान २१ दशमलब ५ प्रतिशत रहेको देखिएको हो ।

त्यस्तै कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५ दशमलब ३ प्रतिशत रहेको छ । कूल कृषि क्षेत्रको उत्पादनमा समेत लुम्बिनी अन्य प्रदेशहरुको तुलनामा तेस्रोमा देखिएको छ । कृषि क्षेत्रमा लुम्बिनीको हिस्सा १७ दशमलब ३ प्रतिशत रहेको छ । जुन बागमती र प्रदेश १ कोभन्दा थोरै हो । उद्योग क्षेत्रको हकमा उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३० दशमलब ८ प्रतिशत रहेको छ । कर्णालीकोे हिस्सा सबैभन्दा कम ३ दशमलब २ प्रतिशत रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशको हिस्सा १५ दशमलब ८ प्रतिशत रहेको छ । सेवा क्षेत्रको उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ४५ दशमलब ९ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३ दशमलब ८ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशको हिस्सा १२ दशमलब ५ प्रतिशत रहेको छ ।
कृषिमा बढ्यो कर्जा
लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा अघिल्लो पटकको तुलनामा २६ दशमलब १५ प्रतिशतले कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार अहिले प्रदेशको कृषि क्षेत्रमा अर्व ४६ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।कृषि विकास बैंकको पछिल्लो ‘प्रादेशिक आर्थिक गतिविधी अध्ययन प्रतिवेदन’ अनुसार गत वर्ष कृषि क्षेत्रमा २५ दशमलब ५९ प्रतिशतले कर्जा वृद्धि भएको देखिएको छ ।यो आर्थिक वर्षमा कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ८. दशमलब ८३ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जामा जिल्लागत हिस्सा हेर्दा रुपन्देहीको हिस्सा सबैभन्दा धेरै रहेको छ । प्रवाहित कर्जामध्ये रुपन्देहीको हिस्सा ३७. दशमलब ९१ प्रतिशत रहेको छ । त्यस्तै सबैभन्दा कम रुकुम पूर्व रहेको छ । यो जिल्लामा ० दशमलब ००८ प्रतिशत मात्रै कर्जा प्रवाह भएको छ ।सैगरी, कुल कृषि कर्जामा दाङको १६ दशमलब २२ प्रतिशत, बाँकेको १३ दशमलब ४६ प्रतिशत, कपिलवस्तुको ९ दशमलब ७४ प्रतिशत, नवलपरासी पश्चिमको ८ दशमलब ७९ प्रतिशत, बर्दियाको ६ दशमलब १५ प्रतिशत, पाल्पाको २ दशमलब ७३ प्रतिशत, प्यूठानको १ दशमलब ८० प्रतिशत, गुल्मीको १ दशमलब ३ प्रतिशत तथा रोल्पाको १ दशमलब ०५ प्रतिशत हिस्सा रहेको छ ।

अध्ययनअनुसार उक्त अवधिमा कुल कृषि क्षेत्रमा पू्रवाहित कर्जामध्ये कृषि र वनसम्बन्धी शीर्षकमा प्रवाहित कर्जा २५.५० प्रतिशतले वृद्धि भई रु ४५ अर्ब ४९ करोड ५० लाख पुगेको छ । माछा पालनसम्बन्धी शीर्षकमा ३१.३८ प्रतिशतले वृद्धि भई रु एक अर्ब ७९ करोड ८० लाख पुगेको छ ।यसैगरी कुल कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये सूर्तिमा २२४ प्रतिशत ६० प्रतिशत, सनपाटमा १५९ प्रतिशत ६५ प्रतिशत, फलफुल तथा पुष्पखेतिमा १३० प्रतिशत ५२ प्रतिशत, अन्न वालीमा १२२ प्रतिशत ३३ प्रतिशत, माहुरी पालनमा १०२ दशमलब ०९ प्रतिशत र अन्य नगदे बालीमा १० दशमलब ५० प्रतिशतले वृद्धि भएको छ ।त्यस्तै सिँचाइ शीर्षकमा ८३ दशमलब ४३ प्रतिशत, शीत भण्डारमा ३४ दशमलब ५० प्रतिशत, मलखाद तथा किटनासकमा १६ दशमलब ४१ प्रतिशत र अन्य कृषि तथा कृषिजन्य सेवामा ६ दशमलब ६६ प्रतिशतले ह्रास आएकोछ ।[the_ad id=”18763″]

Leave A Reply

Your email address will not be published.