कृष्णनगर र महाराजगंजमा दुई महिला मृत फेला

36
biddhut

कपिलवस्तुका दुई पालिकामा २ जना महिला मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका २ पुरानो बसपार्कस्थित यात्रु प्रतिक्षालयभित्र एक महिलाको शव फेला परेको कपिलवस्तुको प्रहरीले जनाएको छ । प्रहरीका अनुशार सोही ठाउँमा मागी खाई हिँड्ने भारत घर भएकी करिब ५३ वर्षीया माँया बाई मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

dengu 3 1

यसैगरी कपिलवस्तुको महाराजगंज नगरपालिका ६ सानो बटहनियास्थित जंगलमा पनी ५० बर्षीय एक महिलाको शव फेला परेको छ । फेला परेको उक्त शवको हाल नाम, थर, वतन नखुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुशार ति महिलाको शव पनी मंगलबार मृत अवस्थामा भेटिएको थियो । दुबै घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.