विगतको भन्दा अहिलेको सेवा प्रवाहमा हामीले आमुल परिवर्तन गरेका छौ : बुद्धभूमि नगर प्रमुख श्रेष्ठ

84

‘सरकारी काम, कहिले जाला घाम’ भन्ने आम जनताको बुझाईलाई बुद्धभूमिमा गलत सावित भएको छ । देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपनि सरकारी कामको झन्झटिलो प्रकृयाले आम जनताले परिवर्तनको महसुस गर्न नसकिरहेका बेला जिल्लाको बुद्धभूमि नगरपालिकाले भने प्रशासनीक काममा आमुल परिवर्तन गरेको पाइएको छ । चालु आर्थिक बर्षको अन्त्यमा आइपुग्दा उपभोक्ताहरु काम सम्पन्न भएपछि भुक्तानीका लागि नगरपालिका पुगिरहेका छन् ।

भुक्तानीका लागि आवश्यक कागजात पूरा नभएको बाहनामा उपभोक्तालाई दुःख दिने सरकारी परिपाटी जस्तै भएपनि बुद्धभूमि नगरपालिकाले त्यसलाई गलत सावित गर्देको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदीले आम सर्वसाधारणको काम नगरबाट तत्काल हुने गरि सेवा प्रदान गरिरहेको बताउँछन् । आवश्यक कागजात पुगेको काम तत्कालै हुने र कागजात अपुग भए प्रष्टसंग बताएर पुनः ल्याउन भनिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । नगरबाट हुने भुक्तानी लगायतको काम तत्काल भइरहेको भन्दै यसमा सबै कर्मचारीको साथले सम्भव भएको उनको भनाई छ ।नगरपालिकाको काममा सुवेदी रातीसम्म खटिने गरेका छन् । कार्यालय प्रमुख नै यसरी कामका खटिदा अरु कर्मचारी पनि बुद्धभूमिमा कामकाजी भएका छन् । ‘परिर्वतन ठूलाबाट नै हुनुपर्छ भन्ने आम बुझाईलाई बुद्धभूमिका हाकिमले थप पुष्टि गरेका छन्, ‘ सेवाग्राहीहरुले  भन्छ्न।’

कार्यालय प्रमुख सुवेदी मात्र होइनन् नगरका लेखा प्रमुख रेनुराम ज्ञवाली पनि यसै गरि काममा खटिन्छन् । लेखाबाट पाउनुपर्ने भुक्तानी आम उपभोक्ताका लागि सबैभन्दा ठूलो झन्झटिलो प्रक्रिया हो । आवश्यक कागजातको अभाव, अनावश्यक शंका र परिवेश अनुसारको कर्मचारीको व्यवहारले अधिकांश पालिकाका लेखा शाखा उपभोक्ताका लागि दुख दिने अड्डा बनेका छन् । तर, बुद्धभूमिका लेखा प्रमुख ज्ञवालीले शाखामा पुगेको फाइल हेरेर तत्कालै भुक्तानी दिइरहेका छन् । उपभोक्ताले सम्पन्न गरेका कामको फाइनल डकुमेन्ट सम्बन्धित शाखाबाट भेरिफाई भएर आएको ५ मिनेटमै ज्ञवालीले भुक्तानी दिने गरेका छन् ।

 बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ पनि कार्यालयबाट नगरबासीले पाइरहेको सेवा प्रति सन्तुष्ट छन् । नगर प्रमुख श्रेष्ठले  भने, ‘विगतको भन्दा अहिलेको सेवा प्रवाहमा हामीले आमुल परिवर्तन गरेका छौं । आम सर्वसाधारणलाई यसको प्रत्यक्ष अनुभूति भएको मैले पनि सुनेको छु । कार्यालय प्रमुख, लेखा प्रमुख र अन्य कर्मचारीको सक्रियताले नै यो सम्भव भएको हो ।’ दोस्रो कार्यकालका लागि बुद्धभूमिको नगर प्रमुखमा निर्वाचित भएका श्रेष्ठले अबको ५ बर्षमा धेरै काम गर्ने योजना बनाएका छन् । पहिलो कार्यकालका पनि जिल्लाकै उत्कृष्ट मेयरका रुपमा चिनिएका श्रेष्ठ समयको महत्व बुझ्ने व्यवस्थित जनप्रतिनिधि हुन् । हरेक बिषयमा ज्ञान, योजनाबद्ध कामको रुपरेखा, समयको पालक, सुशासन, पारदर्शिता जस्ता विषयमा नगर प्रमुख श्रेष्ठ अब्बल छन् । नगर प्रमुखको अनावश्यक हस्तक्षेप नहुदा पनि बुद्धभूमिको कर्मचारी तह काममा परिणाम आउने गरि खटिएको हो भन्न सकिने सरोकारवालाको बुझाई छ । मायादेवी अनलाइन बाट साभार

Leave A Reply

Your email address will not be published.