राष्ट्रिय जनमोर्चाद्वारा अर्घाखाँचीमा महङ्गी र अभावको बिरुद्दमा कोणसभा सम्पन्न ।

39

अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले महङ्गी , बेथिती र अभावको बिरुद्दमा सन्धिखर्कमा कोणसभा सम्पन्न गरेको छ । किसानहरुले खेतिपातिको समयमा रासायनिक मल सहजै प्राप्त गर्न नसकेको , बिधार्थिहरुले समयमा पाठ्यपुस्तक नपाएको र बजारमा चरम महङ्गी बढेको भन्दै जनमोर्चाले बिरोध कार्यक्रम गरेको हो ।

कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले देशमा बेथिति बढेको भन्दै चरम असन्तुष्टि पोखेका हुन । किसानहरुले धान रोप्ने बेलामा रासायनिक मल उपलब्ध गराउन नसक्नु सरोकारवालाहरुको कमजोरी भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारलाइ आग्रह गरेका छन ।

dengu 3 1

बिधालय संचालन भैरहदा पनि विद्यार्थीहरुले पुर्ण रुपमा पुस्तक नपाउनु , बजारमा चरम महङ्गी बढ्दा सर्वसाधारणलाई जिविको पार्जन गर्न गार्हो भैरहदा पनि सरकार थाहा नपाए जसरी बसेकोमा भट्टले आपत्ती जनाए।सन्धिखर्कको शान्ती बगैचामा सम्पन्न कोणसभाको संचालन राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के सी ले गरेका थिए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.