उपेन्द्र र बाबुराम सहमतिकै आधारमा छुट्टिन तयार

38
biddhut

[the_ad id=”18762″]काठमाडाैँ  ।   जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ। पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव सौहार्दपूर्ण तरिकाले छुट्टिन तयार भएपछि जसपा फुट्ने लगभग निश्चित भएको छ।

बुधबार  सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो। उक्त छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त  मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेकाले सहमतिकै आधारमा छुट्टिने प्रस्ताव यादवलाई राखेका थिए। भट्टराईको प्रस्ताव मान्न यादव पनि तयार भएको जसपाका कार्यकारिणी सदस्य युवराज कार्कीले  बताए।

dengu 3 1

‘एकले अर्कालाई कारबाही नगरी सहमतिकै आधारमा सौहार्दपूर्ण तरिकाले छुट्टिऔं भन्ने उहाँको प्रस्ताव छ,’ कार्कीले भने,‘एकले अर्काले गद्दार र विभाजनकारीको आरोप लगाउनुभन्दा भोलिका लागि सहमतिको ढोका खुलै राख्न दुबै अध्यक्ष तयार भएका छन्।’स्रोतका अनुसार दुई अध्यक्षबीच सांसदहरूले समेत पार्टी रोज्न पाउने छन्।

पछिल्लो समय भट्टराईनिकट रहेकी सांसद एवं जसपा कार्यकारिणी सदस्य अमृता अग्रहरीले पनि सहमतिमा छुट्टिन दुई अध्यक्ष तयार भएको सुनेको बताइन्। ‘तपाईंले जे सुन्नुभयो, मैले पनि त्यस्तै कुरा सुनेकी छु,’ उनले भनिन्,‘यसबारे सबै जानकारी मैले पाएकी छैन।’   पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको थियो।[the_ad id=”18763″]

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.