बाणगंगा नगरपालिका वडा नं ८का वडा अध्यक्ष बाबुराम अर्याल सम्मानित

45

कपिलवस्तु । ७१ औँ मदन जयन्तीका अवसरमा नेकपा एमाले निकट अनेरास्ववियुले जनप्रतिनिधिमा निर्वाचित भएका विद्यार्थी नेताहरूलाई सम्मान गरेको छ । स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएका विद्यार्थी नेताहरूमध्ये वडाध्यक्षदेखि पालिका प्रमुखसम्म २० जना सम्मानित भएका हुन् । जसमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ८का वडा अध्यक्ष बाबाुराम अर्याल पनि सम्मानित भएका हुन् ।

सम्मानित भएका बाणगंगाका कान्छा वडा अध्यक्ष बाबुराम अर्यालले जनताको माया पाउन जनताकै सेवा गर्नुपर्नेे बताए । अर्यालले अब आफ्नो भूमिका फेरिएको भन्दै प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेकाले वडाबासिलाई चित्त बुझाउने गरि काम गर्ने प्रतिबद्धता गरे । नवनिर्वाचित जनप्रतिनिधिहरूलाई एमाले महासचिव शंकर पोखरेल,विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य माधव ढुंगेल,अनेरास्ववियुका अध्यक्ष सुनिता बराल लगायतले सम्मानित गरेका थिए । नवनिर्वाचित जनप्रतिनिधिहरूलाई विकास र सम्बृद्धिका साथै उत्पादन तथा उद्यमशीलताका कार्यक्रममा केन्द्रित हुन महासचिव शंकर पोखरेलले निर्देशन दिए ।

  1. यी हुन् एमालेबाट निर्वाचित अनेरास्ववियुका सम्मनित भएका जनप्रतिनिधि
    १. डम्बर बिसी, तुर्माखाँद गाउँपालिका अध्यक्ष अछाम
    २. अस्मिता थापा, लिखु गाउँपालिका उपाध्यक्ष ओखलढुंगाा
    ३. सोममाया तामाङ,निजगढ नगरपालिका उपमेयर बारा
  2. वडाध्यक्षहरु
    ४. बाबुराम अर्याल, बाणगंगा नगरपालिका कपिलवस्तु
    ५ .भरत कोने गुरुङ, अन्नपूर्ण गाउँपालिका कास्की
    ६. धर्मप्रसाद दाहाल, दमक नगरपालिका झापा
    ७. लोकेन्द्र बोहोरा, जयपृथ्वी नगरपालिका बझाङ
    ८. निरक बहादुर शाही, तुर्माखाँद गाउँपलिका अछाम
    ९. तेज शर्मा चापागाई, कुस्मा नगरपालिका पर्वत
    १०. ओम बस्नेत, दोधारा चाँदनी नगरपालिका कन्चनपुर
    ११. दिनेश भट्ट, दोगडा केदार बैतडी
    १२. रवि रानाभाट, चन्द्रपुर नगरपालिका रौतहट
    १३. गोविन्द चौरसिया, मनरा सिसवा नगरपालिका महोत्तरी
    १४. वर्षात भण्डारी, तुलसीपुर नगरपालिका दाङ
    १५. प्रज्ज्वल ढुंगाना, हरिवन नगरपालिका सर्लाही
    १६. कमल भुल, दोगडा केदार गाउँपालिका बैतडी
    १७. सुशील अधिकारी, वित्थडचिर गाउँपालिका बझाङ
    १८. तपेन्द्रजंग विष्ट, मेलौली नगरपालिका बैतडी
    कार्यपालिका सदस्य
    १९. रवि सेन्चुरी, तिलोत्तम नगरपालिका रुपन्देही
    २०. सुनिल धिमाल, उर्लावारी नगरपालिका मोरङ
b 4
Leave A Reply

Your email address will not be published.