सन्धिखर्क। “लागू औषध दुर्व्यसनी तथा अवैध ओसार पसार बिरुद्द सप्ताह ब्यापी सचेतना कार्यक्रम” आज सन्धिखर्कमा सम्पन्न भएको छ।प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे को प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेल लगायत अन्य सुरक्षा निकायका प्रमुख, सन्धिखर्क नगरपालिका, विभिन्न संघ संस्थाका प्रतिनिधी, प्रहरीको बिशेष उपस्थितिमा लागु औषध नियन्त्रण सम्बन्धी प्लेकार्ड, नारा र माईकिङ सहितको बृहत र्याली सन्धिखर्क बजार परिक्रमा गरी टुडिखेलमा आई कोण सभामा परिणत भएर सम्पन्न भएको थियो।