१९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएपछि कोइरालाले दसौँ दिनमा तोडे अनशन

79

पूँजी बजार सुधारकाे माग गर्दै केही दिनदेखि अनशन बसेका लगानीकर्ता तिलक कोइरालाले आज अनशन तोडेका छन्। सेयर बजार सुधार र विस्तारका लागि गरिएको १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएपछि कोइरालाले दसौँ दिनमा अनशन तोडेका हुन्। यही १ गतेदेखि बोर्डको कार्यालयबाहिर अनशनरत कोइरालाले बोर्ड अध्यक्ष हमालको हातबाट जुस पिएर अनशन तोडेका हुन्। पुँजीबजार सुधार संघर्ष समितिका संयोजक रहेका कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।

Leave A Reply

Your email address will not be published.