शंकास्पद मृत्यू भएकी अमृताको शव ७३ दिनपछि अन्तयष्टि हुदै

54

बुटवल । तिलोत्तमाको जानकी नगरकी अमृता खत्री टंण्डनको ७३ दिन पछि असार १० गते सुक्रवार दाहासंस्कार हुने भएको छ।संकास्पद मृत्यु भएको भन्दै दाहासंस्कारमा असहमती जनाएको माईती पक्ष सहमत भएपछि मृत्यु भएको ७३ दिनमा दाहासंस्कार हुने भएको हो।मृतकका दाजु पुष्पक खड्काले बहिनीको मृत्यु भएको साढे दुईमहिना पछि अन्येष्टी गर्ने सहमती भएको बताए। अमृतको गएको चैत्र ३० गते राति बिष सेवनपछि उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।
माईती र घरतर्फका बीचमा भएको सहमती अनुसार घरपक्षले अमृताको नाममा कुनै काम गर्नेगरि अक्षयकोष बनाउने र छोराको शिक्षादिक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमती भएको छ।अमृताको मृत्यु शंकास्पद मृत्यु भएपछि माईती पक्ष आन्दोलनमा उत्रिएको थियो।
नजिकै रहेको माइतीबाट घर गएको आधा घण्टामै उनको मृत्यु भएको भनिएपनि उनको हत्या गरिएको भन्दै परिवारका सदस्यलाई कारवाही गर्न माग गर्दै आएका थिए।माइती पक्षले अमृताको मृत्यु शंकास्पद रहेको भन्दै श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दिपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए।अमृताका माईती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रुपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाएपनि सासु ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै यसअघि नै रिहा गरिसकेको छ।
त्यसपछि झनै असन्तुष्ट रहेका माईती पक्षले घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै अन्त्येष्टि गर्न अस्वीकार गर्दै आएका थिए। यसअघि पोष्टमार्टमका लागि पनि रुपन्देही प्रशासनले निष्पक्ष छानविन गर्ने प्रतिवद्धता जनाएपछि मात्रै माइती पक्ष सहमत भएका थिए।अहिलेपनि अमृताको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको र सुक्रवार धार्मिक संस्कार अनुसार माईती घरमै ल्याउने र त्यसपछि मात्रै तिलोत्तमा ३ स्थित सिमानगर स्थीत मगरघाटमा अन्त्येष्टी गरिने पुष्पकले बताए।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.