संस्कृति मन्त्री आले फेरि विवादमा, अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक

67

काठमाण्डाै ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फेरि विवादमा आउनुभएको छ । उहाँले नेपाल एअरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको छ । अश्लील गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उहाँको चर्को विरोध भइरहेको छ ।  यसअघि पनि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो ।

Leave A Reply

Your email address will not be published.