कोदालोले खनेर मात्र बिरुवा नहुर्किने, संरक्षणका लागि समुदाय र स्थानीय सरकारले अपनत्व लिनुपर्छः मुख्यमन्त्री केसी

38
biddhut

कपिलवस्तु ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोदालोले खनेर मात्र बिरुवा नहुर्किने बताउनुभएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८ मधुवनधामको आठौँ चुरे दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

dengu 3 1

उहाँले प्रदेशका नदीको किनारालाई ब्याम्बो जोन बनाउनेसमेत बताउनुभएको छ । प्रदेशभरका सम्पूर्ण नदीनालाको दायाँबायाँ किनारमा बाँस रोपेर ब्याम्बो जोन बनाउने र ५ देखि १० वर्षभित्र स्थानीय निकायले बाँस निर्यात गर्ने दाबी गर्नुभएको थियो । मुख्यमन्त्री केसीले नदीको छेउछाउमा बाँस र बीचमा अम्रिसो लगाउन सल्लाहसमेत दिनुभयो । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्य डा. सुस्मिता भुसालले वृक्षरोपणपछि बिरुवा हुर्काउनको लागि समुदाय र स्थानीय सरकारले अपनत्व लिनुपर्ने बताउनुभयो ।

चुरे क्षेत्रको संरक्षणको लागि सरकार र विभिन्न निकायले करोडौँको लगानी गरेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले अत्यधिक चुरे दोहनले वातावरणमा असर गरेको बताउनुभयो । सो अवसरमा ८ हजार विरुवा वृक्षरोपण गरिएको थियो । सिसौ, खयर, बडहर, बनाइनो, इपिलिपीलगायतका बिरुवा लगाइएको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.