तिलौराकोटमा मौर्यकालीन पर्खालको भग्नावशेष फेला

34
biddhut

कपिलवस्तु,। बुद्धस्थल तिलौराकोटको मध्य भागमा रहेको पोखरीको दक्षिणतर्फको संरचना उत्खनन गर्दा मौर्यकालीन इँटाले बनेका पर्खालको भग्नावशेष फेला परेका छन् । पर्खालमा ४७ सेन्टिमिटर लामो, २६ देखि २८ सेन्टिमिटर चौडा र ७ सेन्टिमिटर मोटो इँटा प्रयोग गरेको पाइएको छ ।‘९/१० तह गहिरो पर्खाल भेटिएको छ,’ उत्खननमा संलग्न लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले भने, ‘नेचुरल स्वायलसम्मको गहिराइमा जाँदा अझ बढी तह भेटिने निश्चित छ ।’यसअघि सन् २०१६/१७ मा उत्खनन गर्दा पोखरीको दक्षिण–पश्चिम र पूर्व–दक्षिणको कुना भेटिएको थियो । अहिले उक्त दुवै कुना दक्षिणी क्षेत्रबाट एकापसमा जोडिएको पाइएका हुन् । पोखरीमा २६ तहसम्मको इँटा भेटिएको छ ।

पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ एवं पुरातत्वविद्को टोलीले अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर करिब एक महिनासम्म उत्खनन गरेको थियो । एक मिटर चौडा र २४ मिटर लामो ट्रेन्च खनेर उत्खनन गर्दा माटाका भाँडाकुँडा, कर्ड इम्प्रेस, तामाका सिक्का, जनावरका मूर्ति र शिलाछाप पाइएका छन् ।झन्डै डेढ मिटर गहिरोसम्म उत्खनन गरिएको थियो । रेडियो कार्बन तिथि निर्धारण गर्दा इसापूर्व तेस्रोदेखि दोस्रो शताब्दी झन्डै २४ सय वर्षअघि बनेको संरचना फेला पर्नाले तिलौराकोटको ऐतिहासिकता प्रमाणित बन्दै गएको पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीले बताए । ‘त्यसपछिबाट त्यत्तिकै छाडिएको थियो,’ उनले भने, ‘भू–भौतिक सर्वेक्षण जियोफिजिक्स गर्दा अहिले फेला परेको हो । त्यसपछिबाट अहिले अध्ययन अन्वेषण थालिएको हो ।’

dengu 3 1

पहिलेका अन्य ऐतिहासिक नगरका तुलनामा यो पोखरी एउटा छुट्टै विशेषता बोकेको विशिष्ट संरचना भएको लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत उप्रेतीले बताए । पोखरीको निर्माण काठमाडौं उपत्यकामा नगर योजनाको मुख्य अंश भएको र तिलौराकोटमा समेत यसको निर्माण भएको हुनाले नेपालको तराई र पहाडका बीचमा नगर योजनासम्बन्धी साझा अवधारणा रहेको हुन सक्ने उनले बताए ।३० बाई ३० मिटर लम्बाइ र चौडाइ रहेको पोखरीको कार्बन डेटिङ गर्दा २४ सय वर्षअघि निर्माण भएको तिथि पत्ता लागेको थियो । विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया सुरु गरिएको तिलौराकोटलाई यो उत्खननले महत्त्वपूर्ण सहयोग पु¥याउन सहयोग पुगेको पुरातत्त्वविद्ले बताएका छन् । मौर्यकालीन समय २४ सय वर्षअघि दक्षिण एसियामा निर्माण गरिएका सार्वजनिक संरचनामध्ये वैज्ञानिक मिति पत्ता लागेका थोरै संरचनामध्ये यो एक रहेको लुम्बिनी विकासका कोष सदस्य–सचिव सानुराजा शाक्यले बताए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.