बुटवल । नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तर निकै दयनीय भएको भन्दै स्वयं सरकारी मन्त्री र उपभोक्ताहरूले गुनासो गरेका छन् । लुम्बिनी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा गुणस्तरका विषयमा नेपाल दुरसञ्चार प्राधिकरणले शुक्रबार बुटवलमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सेवाग्राहीले नेपाल टेलिकमले प्रदान गर्ने मोवाइल तथा इन्टरनेट सेवाको गुणस्तर राम्रो नभएको बताउँदै ती सेवाको गुणस्तर सुधार गर्न सुझाव दिएका हुन् । कार्यक्रममा सहभागि भएका सेवाग्राहीले लुम्बिनी प्रदेशको अधिकांश स्थान मोवाइलमा नेटवर्क नटिप्ने, टिपिहाले पनि फोन गर्दागर्दै काटिने, आवाज नआउने लगायतका समस्या रहेको बताएका थिए । त्यस्तै इन्टरनेटमा पनि उस्तै समस्या रहेको उनीहरुको भनाई छ ।
उनले संघीय सरकार मातहत रहेर प्रदेशमा सेवा प्रदान गरिरहेका संस्थाहरुले अहिलेसम्म प्रदेश सरकारसँग कुनै प्रकारको समन्वय नगरेको बताउँदै यसलाई पनि आगामी दिनमा सुधार गर्नुपर्ने बताए । त्यस अवसरमा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणले प्रदान गरेका सेवामा नागरिकको धारणा कस्तो छ, सेवा सुविधा कत्तिको प्रभावकारी भएको छ वा छैन, सुधार गर्नुपर्ने कुराहरु के कस्ता छन् भन्नको लागि सेवाग्राहीको बीचमा आएको बताए । त्यस्तै प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले पनि टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तर कमजोर रहेको औल्याउँदै सुधार गर्न सुझाव दिए । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण उपभोक्ता हित महाशाखाका निर्देशक अर्जुन घिमिरे वरिष्ठ इञ्जिनियर मधुसुधन दाहाल एनसेलका निर्देशक रमेश घिमिरे, वर्डलिंकका केशव नेपालले कार्यपत्र प्रस्तुत गर्दै टेलिकमले प्रदान गरेका सेवाका बारेमा जानकारी गराए ।