कपिलवस्तु : नेविसंघ र तरुण दल कपिलवस्तुले बाणगंगा–३ बभनीमा अति बिपन्न परिवारको घरमा टिनको छानो र शौचालय निर्माण कार्य गरेको छ । नगर र वडा कार्यालयले नहेरेको जम्मा ४ धुर जग्गा रहेको त्यही पनि खोलाको छेउ बाटोले समेत जग्गा काटने अवस्था अन्य कहि कतै जग्गा जमिन नभएकोले नेविसंघ र तरुण दलको सहयोगमा टिनको छाना र शौचालय निर्माण गरिएको नेविसंघका नेता चन्द्रकान्त पोख्रेलले बताए । साथै आगामी दिनमा समेत कतैबाट सहयोग नपाएका र तेस्ता बिपन्न परिवारलाई सहयोग गरिराखेको र गर्दै जाने बताउनु भयो।नेपाली कांग्रेस वडा नं ३,नेपाल तरुण दल र नेपाल विधार्थी संघ कपिलवस्तुले बाणगङ्गा –३ बभनि निवासी द्रुपती रानाको परिवार बस्नको लागि बनाइएको घर चुहिने,बस्न लायक नै नरहेको आर्थिक अवस्था समेत निकै कमजोर रहेको साँझबिहान छाक टार्न समेत धौधौ रहेको देखेपछि उहाँको घर पुनर्निर्माण गरि छाना बनाउने टिन लगाउने शौचालय निर्माणको कार्य गरिएको हो । करिब ९० हजार बराबर सम्मको सामाग्री सहयोग हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस कपिलवस्तुका पार्टी सचिव एवम् तरुण दल कपिलवस्तुका जिल्ला सभापति शक्ति सिंह ठकुरीले असहाय, गरिब अति विपन्न परिवारहरुलाई तरुण दल र नेविसंघले संयुक्त रुपम सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।तेस्ता परिवार छन भने जानकारी गराउन समेत अनुरोध गरेका छन। नेविसंघ र तरुण दल ले बिपन्न परिवारलाई यस्तै यस्तै सहयोग गर्दै ती असाह्य परिवारको घाउमा मलम लगाउने काम गर्दै आएको छ।
द्रपुती रानाको परिवार टाटी लगाएर बारेको एकै घरमा ससुराबुवा, दुई छोरा, श्रीमान र आफू बस्दै आएकी छिन् । श्रीमान विदेश गए पनि ऋण तिर्न नसकी घर नआएको रानाले बताइन । दुई छोरा मध्य जेठो छोरा ९ मा र कान्छे छोरा ५ मा अध्ययन गर्दछन उनिहरुको सबै पढाइ खर्च समेत विधालयले ब्यहोरेर निशुल्क अध्ययन गराईराखेको छ। द्रुपती राना साझ बिहान छाक टार्न र ती बच्चा तथा ससुराबुवा पाल्नका लागि दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाएकी छिन् ।
बाणगङ्गा वडा नं। ३ निवासी नेविसंघ नेता चन्द्रकान्त पोख्रेल,सुनिता बेल्बासे,प्रशुराम ज्ञवाली,प्रेम थापा,कृष्ण पौडेल,भगवती पोख्रेल, सन्तराम थारु ,गोमा बिक पोख्रेल, राजन पाण्डे, सुरजलाल थारु, खेमनारायण डुम्रे, गङ्गाधर भट्टराई,तुल्सा बन्जाडे, गिरि खनाल,खेमनारायण डुम्रे,एकनारायण भट्टराई लगायतले सहयोग संकलन गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा विधार्थी नेता चन्द्रकान्त पोख्रेल तरुण दल जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी नेपाली कांग्रेसका नेता पर्सुराम ज्ञवाली, गङ्गाधर भट्टराई सुरजलाल थारु लगायतको उपस्थिति रहेको थियो । सहयोग पछि द्रुपती रानाले धन्यवाद ब्यक्त गरेकी छन।