बिपन्न परिवारको घर–घरमा खुसी बाँड्दै नेविसंघ र तरुण दल कपिलवस्तु, बिपन्न परिवारले भन्यो तपाईहरु मेरो भगवान हो
कपिलवस्तु, बाणगंगा
नेविसंघ र तरुण दल कपिलवस्तुले बाणगंगा नगरपालिका वडा नम्बर–३ बभनीमा एक बिपन्न परिवारलाई सहयोग स्वरुप घर छाउन जस्तापाता सहयोग गरेको छ । तरुण दल र नेविसंघ, कपिलवस्तुले संयुक्तरुपमा बभनी स्थित द्रुपती रानाको परिवारलाई सो सामाग्री घरमै पुगी हस्तान्तरण गरेका हुन् । यस्तै, सोही समूहले रानाको शौचालय पनि निर्माण गरिदिएको छ ।
वर्षातको समयमा आर्थिक अवस्था कमजोर भएकी रानाकोे घर चुहिएर बस्न नै लायक नभएपछि निर्माण गर्नको लागि नेविसंघ र तरुण दल कपिलवस्तुले ९० हजार रुपैयाँ बराबरको सो सामाग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका पार्टी सचिव एवम् तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीले असहाय, गरिब अति विपन्न परिवारहरुलाई तरुण दल र नेविसंघले संयुक्त रुपम सहयोग गर्दै आएको बताए ।
यस्तै, उनले आगामी दिनमा यस्तै खालका सहयोगलाई निरन्तरता दिने बताए । ‘हक अधिकारकालागि राजनीति गर्ने, नारा जुलु गर्ने मात्र होईन, सामाजिक उत्तरदायित्व बोक्दै हामी गरीब र बिपन्नको घर घरमा पुग्ने अभियानमा छौ’ उनले भने । तसर्थ, अन्यत्र पनि कही, कतै दुख झेलेर बसेका कोही हुनुहुन्छ भने त्यसको जानकारी आफुरुलाई गराउन उनले अपिल गरेका छन् ।
यता, छानो चुहीने झुपडीमा गुजारा चलाउर्दै आएकी रानाले तरुण दल र नेबिसंघ भगवान बनेर आफनो घरमा आएको बताईन् । ससुरा, दुई छोरा सँग बस्दै आएकी उनले भनिन् ‘म जस्तो गरीबलार्ई सहयोग गरेर तरुण दल र नेबि संघले पुन्यको काम गरेको छ’ । उनले पैसा कमाउन भनेर बिदेश गएका श्रीमान ऋण तिर्न नसकेर अहिलेसम्म घर आउन नसकेको पनि बताईन् । उनका दुई छोरा मध्ये जेठो कक्षा ९ र कान्छो ५ मा अध्ययनरत छन् ।
आर्थिक अभावको कारणले दुवै जनाको सबै पढाइ खर्च विधालयले ब्यहोरेर निशुल्क अध्ययन गराईराखेको छ । रानाले साझ बिहान छाक टार्न र ती बच्चा तथा ससुराबुवा पाल्नका लागि दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाएकी छिन् ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका पार्टी सचिव एवम् तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, विधार्थी नेता चन्द्रकान्त पोख्रेल, कांग्रेसका नेता पर्सुराम ज्ञवाली, गंगाधर भट्टराई, सुरजलाल थारु लगायतको उपस्थिति रहेको थियो । सहयोग पछि द्रुपती रानाले धन्यवाद ब्यक्त गरेकी छन । नेविसंघ र तरुण दल कपिलवस्तुले बिगत केही वर्षदेखि बिपन्न परिवारलाई सहयोग गर्दै आइरहेको छ ।