पत्रकार महासंघ लुम्बिनी प्रदेशद्वारा मधेश विभाग गठन, संयोजकमा चौधरी

38

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले मधेश विभाग गठन गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिको शनिबार भालुवाङमा बसेको बैठकले कार्यसमिति सदस्य रामविकास चौधरीको संयोजकत्वमा मधेश विभाग गठन गरेको महासचिव विक्रम खड्काले बताए । विभागका सदस्यहरु सबै क्षेत्र समेटेर संयोजकमार्फत पूर्णता दिइने निर्णय भएको खड्काले जानकारी दिए ।  रुपन्देही निवासी पत्रकार चौधरी मधेशी पत्रकार समाज, नेपाल लुम्बिनी प्रदेशका संयोजक समेत हुन् । उनी कोशी अनलाइन डट कममा आबद्ध छन् । पत्रकार महासंघ प्रदेश समिति अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकले विभिन्न निर्णय गरेको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.