सेनाको पैदल टोलीले पनि विमान पत्ता लगाउन सकेन, खोजी कार्य जारी छ – सैनिक प्रवक्ता

36
biddhut

काठमाडौँ — पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहाँ दुर्घटना भएको भन्ने सेनाको टोलीले पनि पत्ता लगाउन सकेको छैन । मुस्ताङको घाँसा पोष्टबाट सेनाको पैदल टोली सम्भावित दुर्घनास्थल खोज्दै गएको थियो । त्यस्तै, हेलिकोप्टरबाट पनि सैनिक टोली खोजिमा गएको थियो ।

आइतबार बिहान ९:५५ मा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको थियो । विमान मुस्ताङको लेतेको आसपासमा नौलीकोटमा दुर्घटना भएको आशंका गरिएको थियो ।सैनिक प्रवक्ता नारायण सिलवालले  भने, ‘पोखराबाट हाम्रो टोली साढे १ बजे टेकअफ भएको छ । रेस्क्यु टोलिसहित दुर्घटनास्थल पत्ता लगाउनका लागि हेलिकोप्टर त्यसतर्फ गएको हो । दुर्घटनास्थल पत्ता लागेमा उद्दार टोलीलाई त्यहीँ झार्नेछ । दुर्घटनास्थलको पुष्टि भएको छैन ।’

dengu 3 1

नेपाली सेना पैदलमार्गबाट पनि सम्भावित दुर्घटनास्थल गएको तर दुर्घटनास्थल नभेटिएको प्रवक्ता सिलवालले भने । ‘घटना भएको खबर आउने बित्तिकै मुस्ताङको घाँसाबाट ६२ जना सैनिकको फौज पैदल गएको थियो । त्यसले पनि पत्ता लगाउन सकेको छैन । सम्भावित २-३ ठाउँको पत्ता लगाउन भनेको थियो तर सकिएन । खोजिरहेको छ ।’

सैनिक प्रवक्ता सिलवालका अनुसार मुस्ताङको मौसममा केही सुधार भएपछि काठमाडौंबाट उद्दारका लागि उडेर पोखरामा रोकिएको हेलिकोप्टर पनि सम्भावित दुर्घटनास्थलतर्फ गएको छ । ‘काठमाडौंबाट गएको एमआई १७ हेलिकोप्टरमा गएको टोली पोखरामा बसेको थियो । मैसम सुधार भएर पोखराबाट टेकअफ भएको १० मिनेट भएको छ,’ उनले भने ।

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.