युनियनको स्थापना दिवसमा बालगृहका बालकहरुलाइ स्टेश्नरी वितरण

36
biddhut

तौलिहवा । नेपाल प्रेस युनियनको स्थपना दिवसको अवसरमा युनियन कपिलवस्तु शाखाले बालगृह कपिलवस्तुका बालकहरुलाई स्टेश्नरी वितरण गरेको छ ।
प्रेस युनियनको ३१ औ स्थापनाको दिवसको अवसरमा नेपाल बाल संगठन कपिलवस्तु अन्तरगत कपिलवस्तु बालगृहमा रहेका २५ जना बालकहरुलाई स्टेश्नरी वितरण गरेको हो ।
श्रमजिवी पेसागत पत्रकारहरुको हकहित संरक्षणका लागि आवाज उठाउदै आईरहेको प्रजातान्त्रिक पत्रकारहरुको साझा संस्था युनियनले स्थापना दिवसमा  बालगृह बालबालिकाहरु संग बिभिन्न कार्यक्रम गरेर मनाउदै आएको  युनियन कपिलवस्तुका शाखा सभापति गोपाल भण्डारीले बताए । उनले यस वर्ष बालगृहमा रहेर अध्ययन गरिरहका बालकहरुलाई स्टेश्नरी वितरण गरेर मनाईएको बताए ।
स्टेश्नरी बितरण कार्यक्रममा तौलिहवा उद्योग बाण्ज्यि संघका अध्यक्ष गयादिन कुर्मी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान ब्रजाचार्य, नेपाली कांग्रेसका नेता सोहरत तेली, बाल संगठनका सचिव श्याम प्रजापती लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम युनियनका सचिव मणी प्रसाद गैरेको संचालन र सभापति भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

dengu 3 1


नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जय प्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा भएको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.