कपिलवस्तुमा हैजा नियन्त्रणको लागि जेठ १६ देखी खोप अभियान

46

तौलिहवा । कपिलवस्तुका ५ पालिकाहरुमा हैजा विरुद्धको खोप अभियान संचालन हुने भएको छ । जिल्लाको बाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेबी र शुद्धोधन गाउँपालिकामा अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताएका छन् ।
यसअघि कपिलवस्तुको कृष्णनगर, शिवराज, महाराजगंज नगरपालिका र विजयनगर र यशोधरा गाउँपालिका अभियान सम्पन्न भइ सकेको छ । पहिलो अभियानमा ९० प्रतिशत बढीले हैजाविरुद्ध भ्यानसिनको सेवन गरेको स्वास्थय कार्यालयले तौलिहवामा राखेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख पाण्डेयले जानकारी दिएका छन् ।
सोनाफी हेल्थ केयर प्रालि भारतबाट उत्पादीत ओरल कोरेला खोप एक वर्ष माथिका सम्पूर्ण गर्भवती, सुत्केरी लगायत सबैले खान मिल्ने उनले बताए । अभियानमा साढे ३ लाख लाई खोप खुवाउने लक्ष्य छ । खोप लिएको १४ दिनपछि दोश्रो डोजको खोप दिईनेछ । पहिलो र दोस्रो चरणको खोप सेवन गरे पछि पाँच वर्षसम्म हैजा तथा झाडापखला लाग्नबाट बच्न सकिने उनले बताए । पहिलो र दोस्रो चरणको खोप अभियान असारको ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य स्वास्थय कार्यालयको रहेको उनले बताए ।
अभियानमा साढे ३ सय स्वास्थ्यकर्मी, ६ सय महिला स्वयसेविका र प्रत्येक विद्यालयका एक शिक्षक स्वमसेवकका रुपमा खेटिनेछन् । खोपको सूरुवात विद्यालयका विद्यार्थीबाट सुरु गरिने छ । यस्तै गाउँ टोलमा चोक चोकमा स्वास्थ्यकर्मी पुग्नेछ त्यहीबाट हैजाको खोप खुवाउने कार्यक्रम छ ।
एक वर्षमुनी सिकिस्त बिरामी र हैजा लागेका व्यक्तिलाई भने खोप खुवाउन हुँदैन। यो खोपलाई विश्व स्वास्थ्य संगठनले पूर्णतया सुरक्षित भनेको छ । जिल्ला खुला दिशामुक्त भइसके पनि अझै पनि धेरै मान्छेहरुले खुला ठाउँमा शौच गर्ने गरेको स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले बताए । उनले यो कुरालाई सबैले र विशेषत: नव निर्वाचित जन प्रतिनिधिहरुले मनन गरी कार्ययोजना बनाउनु पर्ने बताए । एक वर्ष पहिले कृष्णगनरको बहादुरगंजमा हैजा फैलिएर ४ जनाको मृत्यु समेत भएको थियो । त्यसको केही महिना पछि कपिलवस्तुको ५ पालिकामा अभियान सञ्चालन गरिएको थियो। अहिले बाँकी रहेका ५ पालिकामा अभियान सञ्चालन गरिदैछ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.