चार विमानस्थल आगामी वर्ष सञ्चालनमा ल्याउने तयारी

33
biddhut

यो वर्ष चार वटा आन्तरिक विमानस्थल सञ्चालनमा आउने सम्भावना छ। कालिकोटको कोटबाडा, गुल्मीको रेसुंगा, डोल्पाको मसिनेचउर र बाग्लुङको बलेवा विमानस्थल यो आर्थिक वर्ष सञ्चालनमा आउने सम्भावना रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।हाल यी चारवटै विमानस्थलका धावनमार्ग ४१ करोड ७५ लाख लागतमा कालोपत्रे भइरहेका छन्। करिब ३ वर्षदेखि कालोपत्रे हुन थालेका यी चारै विमानस्थलको काम असार मसान्तसम्म सकिने प्राधिकरणले जनाएको छ।

कालिकोटको कोटबाडा विमानस्थलमा अहिलेसम्म कुनै पनि व्यावसायिक उडान भएको छैन। २०४२ सालमा बनेको यो विमानस्थलमा अब भने व्यावसायिक उडानको सम्भावना धेरै रहेको नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक इञ्जिनियर नलविक्रम थापा बताउँछन्।‘आपतकालीन अवस्थामा र यदाकदा सो विमानस्थल प्रयोगमा आउने गरे पनि हालसम्म नियमित व्यावसायिक उडान भएको थिएन,’ थापाले भने, ‘अहिले पनि हामीले पूर्वाधार तयार गरिदिने हो। उडानबारे त विमान कम्पनीहरूकै रूचिमा भर पर्छ।’

उनका अनुसार हाल १४ करोड रूपैयाँ लागतमा कोटबाडा विमानस्थल कालोपत्रे भइरहेको छ। माओवादी द्वन्द्वकालमा विमानस्थलमा कार्यरत मजदुरहरूको हत्या भएपछि निर्माणको काम रोकिएको थियो। पछि २०७३ माघ २९ गते यहाँ परीक्षण उडान गरिएको थियो। विमानस्थल सञ्चालनमा आएपछि जिल्ला र आसपासका क्षेत्रमा रहेका रामारोशन, त्रिवेणी पाटन, बडिमालिका जस्ता पर्यटकीय स्थलको प्रर्वद्धन हुने अपेक्षा गरिएको छ। गुल्मीको रेसुंगा नगरपालिका–१० सिमीचौरमा निर्माणाधीन गुल्मी रेसुंगा विमानस्थलमा ०७५ जेठ २७ गते परीक्षण उडान गरिएको थियो। आर्थिक वर्ष ०७५/०७६ बाट साढे ६ करोड लागतमा यसको धावनमार्ग कालोपत्रे सुरू भएको थियो। धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर छ। 

dengu 3 1

२०२२ सालमा बनेको बागलुङको बलेवा विमानस्थलमा आर्थिक वर्ष ०७६/०७७ देखि ६ करोड २५ लाख लागतमा कालोपत्रेको काम भइरहेको छ। प्राधिकरणका अनुसार बागलुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालदेखि यो विमानस्थल बन्द थियो।बलेवा विमानस्थल कालोपत्रेपछि आगामी आर्थिक वर्षबाट पुनः सञ्चालनमा आउने प्राधिकरण एरोड्रम इञ्जिनियरिङ विभागले जनाएको छ। धावनमार्ग कालोपत्रे नभएकै कारण व्यावसायिक उडानमा विमान कम्पनीहरू अनिच्छुक देखिएको प्राधिकरणको अनुमान छ।१४ करोड रूपैयाँ लागतमा डोल्पाको मसिनेचउर विमानस्थलको धावनमार्ग पनि कालोपत्रे भइरहेको छ।

यी चार वटा विमानस्थलमा उडान सुरू भएपछि सञ्चालनमा रहने आन्तरिक विमानस्थलको संख्या ३९ पुग्नेछ। हाल मुलुकभर ५४ वटा विमानस्थल छन्। तीमध्ये दुइटा अन्तर्राष्ट्रियसहित ३५ वटा विमानस्थल मात्र सञ्चालनमा छन्।हाल कालोपत्रे भइरहेका चार आन्तरिकसहित मुलुकभर कुल १९ वटा विमानस्थल सञ्चालनमा छैनन्। प्राधिकरणले यस्ता विमानस्थलमा उडान सम्भावनाका आधारमा पुनः सञ्चालनको तयारी गर्दै आएको छ।यसमध्ये अब करिब १३ वटा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम सुरू नै भएको छैन।‘सम्भावना हेरेर विमानस्थलहरूलाई अपग्रेड गरिरहेका छौं,’ थापाले भने, ‘धावनमार्ग कालोपत्रे भएमा एयरलाइन्सहरूको समग्र लागत घट्छ र उनीहरू उडानका लागि इच्छुक हुन सक्छन्।’

एउटा विमानस्थल बनाउन ठाउँअनुसार कम्तीमा ४० करोड खर्च लाग्छ। सरकारले प्राथमिकतामा राखे पनि निजी क्षेत्रले उडानमा चासो नदिँदा विमानस्थल सञ्चालनमा नआएको प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णको भनाइ छ।‘विमान अभावका कारण थुप्रै विमानस्थल प्रयोगमा आइरहेका छैनन्,’ उनले सेतोपाटीसँग भने, ‘हाम्रा विमानस्थलमा ट्विनअटर जहाजलाई नियमित उडान गर्न सहज हुन्छ। तर यी जहाजले अत्यधिक माग रहेका गन्तव्यमा मात्रै उडान गरिरहेका छन्।’

b 4

सबभन्दा धेरै माग रहेका सूदुरपश्चिम, नेपालगञ्ज, जुम्ला, मुगु, सुर्खेत, सिमिकोट, डोल्पा, जोमसोम र लुक्लामा हाल यस्ता विमान केन्द्रित छन्। कतिपय क्षेत्रमा पर्यटकीय स्थल रहेकाले त्यस्ता स्थानमा पर्यटकको आवागमन र अन्त खाद्यान्न, औषधिजन्य सामग्री लगायत ओसारप्रसारका लागि विमानस्थल प्रयोग भइरहेका छन्। कतिपय विमानस्थल भने सडक सञ्जाल विस्तारसँगै बन्द भएका छन्।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.