कपिलवस्तु । जिल्लाको महाराजगंज नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा कांग्रेस जिल्ला सभापति रहेका अब्दुल कलामले नेकपा एमालेका रामदास चौधरीलाई एक हजार ५३२ मतान्तरले पराजित गरे । कलाम १० हजार २०० मत ल्याई विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले ८ हजार ६६८ मत ल्याएका थिए ।
त्यस्तै उपप्रमुखमा कांग्रेसकी रीताकुमारी कुर्मी विजयी भएकी छन् । उनले ११ हजार १६७ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भानमति यादवले ७ हजार २०० मत ल्याएकी थिइन् । कांगेसका उपप्रमुख उम्मेदवारको मृत्यु भएपछि यहाँ वैशाख ३० गते तोकिएको निर्वाचन स्थगित भएको थियो । यहाँ जेठ ३ गते निर्वाचन हुँदा परिणाम ढिलो आएको हो । जिल्लामा यो कांग्रेसको चौथौं जित हो । योसँगै जिल्लाको सबै १० स्थानीय तहको परिणाम आइसकेको छ ।