कृष्णनगरमा पुनः दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका शाहले पदभार सम्हाले

30
biddhut

कृष्णनगर । पुनः दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका रजत प्रताप शाहले पदभार सम्हालेमा छन् । सोमबार कृष्णनगर नगरपालिकामा आयोजित एक कार्यक्रमबाट शाहले आफ्नो पदभार ग्रहण गरेका हुन् । उनको स्वागतमा नगरका कर्मचारीले कार्यक्रम राखेका थिए ।

dengu 3 1
नगर प्रमुख शाहले शुक्रबार नै कपिलवस्तुका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश तेजेन्द्र प्रसाद शर्माबाट शपथ खाएका थिए । गएको ०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेद्वार भएर चुनाव जितेका शाह यो पालि भने नेपाली कांग्रेसबाट विजयी भएका हुन् ।उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक रजौरियालाई पराजित गरेका हुन् । शाहले ५ हजार ६ सय ६ मत ल्याए भने, रजौरियाले ४ हजार १ सय १२ मत ल्याएर पराजित भए । नगर उप प्रमुखमा पनि कांग्रेसबाटै आरतीदेवी चौधरी विजयी भएकी छिन् । चौधरीले ५ हजार ६ सय ९१ ल्याउँदा उनकी प्रतिस्पर्धी जसपाकी आरती सिंह यादवको मत ३ हजार २ सय ८२ थियो ।
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.