संसदमा पेट्राेलियम पदार्थकाे मूल्यवृद्धिकाे चर्चा : ‘भाेट पाएपछि सरकारले जनतालाई चाेट दियाे’

63

काठमाण्डाै ।  राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकार हुनुको अनुभूति दिलाउन नसकेको बताउनुभएकाे छ । आज साेमवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले पेट्राेलियम पदार्थकाे मूल्य बढाएर सरकारले जनताको ढाड सेकाएको र जनताप्रति उत्तरदायी नभएको उहाँले बताउनुभयो ।

मूल्यवृद्धिका कारण सबै क्षेमा असर पुगेको राष्ट्रिय सभा सदस्य श्रेष्ठकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि हेर्दा लाग्छ देशमा सरकार छ वा छैन ? विगत सात महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य बढेकाे बढ्यै छ । छिमेकी देश भारतले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा करकाे दायरालाई कम गरेर जनतालाई प्रत्यक्ष राहत दिएको छ । हाम्रो त सरकार सुतेको हो कि, बिउँझेकाे हाे कि, छ कि छैन भन्ने अनुभूति हामी सबैले पाइरहेका छौँ ।’

विशेष समयमा बाेल्दै अर्का सदस्य मायाप्रसाद शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई अनुरोध गर्नुभयो । मूल्यवृद्धिका कारण सरकारप्रति नकारात्मक धारणा बनेको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले जनताको भोट पाएपछि सरकारले पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गराएर जनतालाई चोट दिएको टिप्पणी गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्नुभयो । न्याैपानले देशको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको उल्लेख गर्दै अर्थमन्त्रीमाथि विभिन्न प्रश्न उठेको बताउनुभयो । सत्तारूढ गठबन्धन देशको समस्या समाधान गर्नका लागि नभइ अर्थतन्त्रलाई ध्वंश गराउनका लागि भएको उहाँको आराेप छ ।

 

 

b 4
Leave A Reply

Your email address will not be published.