गठबन्धन स्वार्थ समुह र लोभिपापिको झुन्ड भएको र पार्टीले अर्घाखाँची जिल्लाको सबै पालिकामा विजय हासिल गर्ने : एमाले नेता आचार्य
अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले आफ्नो पार्टीले अर्घाखाँची जिल्लाको सबै पालिकामा विजय हासिल गर्ने बताउनुभएको छ । नेकपा एमाले सन्धिखर्क द्वारा वडा नं.३ को छापडांडा,सैनडांडा र रोकाहा टोलमा आयोजित छुट्टाछुट्टै चुनावी कार्यक्रममा मन्तव्य राख्दै उहाँले बिकास ,समृद्धि ,सुशासन र सामाजिक न्यायको निम्ति जनताले नेकपा एमालेलाई रोज्ने दावी गर्नुभयो ।
५ दलिय गठबन्धन स्वार्थ समुह र लोभिपापिको झुन्ड भएको उहाँको भनाइ थियोे । प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनुभएका आचार्यले जिल्लाको बिकासको निम्ति केन्द्र र प्रदेश सरकार बाट बिनियोजित करीब २ अर्ब बजेट कटौती गर्ने कांग्रेस र माओवादीका नेताहरू बिकास गर्छौ भन्दै गाउँ गाउँमा हिड्नु लज्जास्पद कुरा भएको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले प्रदेश कमिटीका सदस्य केवी भुसालले नेपाली कांग्रेस दलाल र सामन्तहरुको पार्टी भएको बताउनुभयो । नेकपा एमालेका उपसचिव शम्भु प्रसाद पोख्रेलले नेकपा माओवादी केन्द्र र माधव नेपाल समुह प्रतिक्रियावादीको मतियार भएको बताउनुभयो । नेकपा एमालेको तर्फबाट मेहर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले नगरको चौतर्फी बिकासको निम्ति आफ्नो टिमलाई बिजयी गराउन अग्रह गर्नुभयो । उपमेहरका उम्मेदवार मिश्रा आचार्यले नेकपा एमालेको बिजयी अभियान कसैले चाहेर नरोकिने बताउनुभयो ।