अफताब आलमलाई थुनामुक्त नगर्न सर्वाेच्चकाे आदेश

23

काठमाण्डाै ।  रौतहटमा भएको बम बिस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले आज शुक्रवार आलमकाे रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा पुगेका थिए । वीरगञ्ज अस्थायी  इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए ।

dengu 3 1

कांग्रेसका सांसदसमेत रहेका आलमलाई २०६४ चैत २७ गते संविधान सभा चुनावअघि बम विस्फोट गराएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ । उनी अहिले सांसद पदबाट निलम्बनमा परेका छन् । प्रमाण नष्ट गर्नका लागि घाइतेहरूलाई इँटाभट्टामा हालेकाे उनीमाथि आरोप लागेको छ । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई प्रहरीले २०७६ असोजमा पक्राउ गरेको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.