नागरिकलाई प्रत्यक्ष विकासको अनुभूति गराउने खालको काम गरेर जनताको विश्वास जित्ने : मेयर पदका उम्मेदवार अब्दुल कलाम
कपिलवस्तु । कांग्रेसका उम्मेदवारहरुसहित मेयर पदका उम्मेदवार अब्दुल कलामले महराजगंज नगरपालिकामा स्थानीय तहको समय अवधि नजिकिदै गर्दा घरदैलोलाई तिव्रता दिएका छन । नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बन्नु भएका अब्दुल कलामको जित निश्चित जस्तै देखिएको छ । उहाँले नागरिकलाई प्रत्यक्ष विकासको अनुभूति गराउने खालको काम गरेर जनताको विश्वास जित्ने दावि गर्नु भयो । कलामलाई विजयी बनाउ यतिवेला चुनावी अभियानमा नगरवासि खटेका छन । ५ वर्ष मेयर बनेर नगरवासिको सेवक बनेका कलाम बलियो उम्मेदवारको रुपमा रहनु भएको छ । ५ वर्षको समय अवधिमा नगर परिर्वनमा विकास गरेको जनाउँदै मेयरका उम्मेदवार कलामले जित निश्चित रहेको दावि गर्नु भयो
महारजगंज नगरपालिका भित्र घरदैलोमा पुगेका कलामलमई टोलटोलबाट जिताउने प्रतिकृया दिन्छन । महारजगंज नगरपालिका नगरप्रमुख पदका उमेदवार अब्दुल कलाम र उप प्रमुख पद का उमेदवार शुभावती कुर्मी वडा अध्यक्ष पदको उम्मेद्धार योगेन्द्र कुमार केसी सहित महिला वडा सदस्य ,खुल्ला वड़ा सदस्य, सहितको प्यानल चुनावी मैदानमा रहेका छन् । उनीहरुले वडा भित्रका जनताका घर घरमा पुगि मतभार आफ्नो पक्षमा बनाउन यो अभियान सुरु गरेका हुन । ५ वर्षे कार्याकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रलाइ यातायता, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको महाराजगंजमा नगर परिर्वतनको सन्तुष्टिले मेयर पदमा कलामलाई एक कार्याकाल दोहोराउने पक्षमा महाराजगंजवासी लागेका छन ।