म्यादी प्रहरीलाई सम्मानजनक ब्यबहार गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन

43

गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक ब्यबहार गर्न निर्देशन दिनुुभएको छ । उहाँले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भुमिका महत्वपुर्ण रहेको र उनीहरुलाई काममा लगाउदा सिष्ट र भ्रद ब्यबहार गर्न उहाँले आग्रह गर्नुभएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा गृहमन्त्रीको उपस्थितिमा भएको सुरक्षा निकायको बैठकमा उहाँले सुरक्षा ब्यबस्था चुुस्त बनाउन समेत सुरक्षा निकायलाई निर्देशन दिनुुभएको छ ।

खाँणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदानस्थलमा खटिएका कर्मचारी लगायत आमनागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिनुभयो ।  बैठकमा खाँणले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान आग्रह गर्नुुभयो । मतदानस्थल, मतपेटिकको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गर्दै मन्त्री खाँणले भन्नुुभयोे, ‘समन्वय, सहकार्य सबैभन्दा महत्वपूर्ण हुन्छ, तपाइँहरुमा यो हुन जरुरी हुन्छ ।’

dengu 3 1

उहाँले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशी, संवेदनशील क्षेत्रहरुको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिएको गृहमन्त्री खाँणको भनाई उद्धृत गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुुभयो ।   बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता थियो । यस्तै, तीनवटै जिल्लाका सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको पनि सहभागिता थियो ।

रुपन्देहीका प्रमु्ख जिल्ला अधिकारी तिवारीले चारवटै सुरक्षा निकाय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । साथै सुरक्षा अधिकारीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न लागिपरेको बताएका थिए । रुपन्देहीमा २०८ मतदानस्थल कायम गरिएका छन् । तीमध्ये ६३ अतिसंवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले जनकारी दिनुुभयोए । रुपन्देहीमा ६ लाख ३२ हजार ३६० मतदाता छन् । २०७४ सालको चुनावको तुलनामा करिब १ लाख मतदाता रुपन्देहीमा थपिएका छन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.